ओखलढुंगा जिल्ला प्रशासन कार्यालयले मौन अवधिमा मतदाताहरूलाई विनाकारण एक वडाबाट अर्को वडा वा टोलमा नजान निर्देशन दिएको छ । प्रशासनले विनाकारण अर्को वडा वा टोलमा गए कारवाही गर्ने चेतावनी दिएको हो ।जिल्ला प्रशासन कार्यालयले विहीबार अत्यन्त जरुरी सुचना जारी गर्दै स्थानीय तह निर्वाचन आचारसंहिता अनुसार गत वैशाख २७ गते रातिबाट मौन अवधि सुरु भएको स्मरण गराउँदै सवैलाई आचारसंहिताको पालना गर्न भनेको छ । ‘आचारसंहिताको उल्लंघन गरेमा तथा विनाकारण एक वडा वा टोलका मतदाता अर्को कुनै वडा वा टोलमा आवतजाव