इटहरीलाई कर्मथलो बनाएका संगीतकर्मी राम धामीको निधन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार साँझ निधन भएको हो । ५५ बर्षिय धामी कोेरोना संक्रमण भएर अस्पताल भर्ना भएका थिए । पछि निमोनियासमेत देखिएपछि आईसीयुमा राखेर उपचार गरिएको स्थानिय गायक तथा संचारकर्मी खेम रिसालले बताए । इटहरीस्थित संगीत साधना प्रतिष्ठानका अध्यक्ष […]