इस्लामाबादको एक पुनरावेदन अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र पार्टीका वरिष्ठ नेता शाह महमूद कुरेसीलाई स्वतन्त्रताका लागि प्रदर्शन (आजादी मार्च) मुद्दामा निर्दोष ठहर गरेको पाकिस्तानी एआरवाई न्यूजले जनाएको छ । न्यायाधिकारी मलिक मुहम्मद इमरानले पूर्वप्रधानमन्त्री खान, शाह, कुरेशी र अवामी मुस्लिम लिग (एएमएल) का प्रमुख शेख रशीद निर्दोष ठहरिएको जानकारी गराउनुभयो […]