काठमाण्डाै – निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरीतका काम भए/नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ । आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरूको अनुगमन गर्ने उद्देश्य राखेर 'प्रेस अफिस' स्थापना गरेको हो ।
आज शुक्रवार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रेस अफिसको उद्घाटन गर्नुभयो । प्रेस अफिसको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले याे अफिसले सञ्चारमाध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न काम गर्ने बताउनुभयो । त्यस्तै चुनावसँग सम्बन्धित कुराहरूको उत्पा...