संगीतकार शुभबहादुर सुनाम र गायिका तीर्थ कुमारीलाई 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७८' प्रदान गरिएको छ । भजन शिरोमणि भक्तराज आचार्यको नाममा सुरु गरिएको यो सम्मानसँगै उनी दुईलाई ५० हजार १ रुपैयाँ नगद उपहार प्रदान गरिएको हो । हरेक वर्ष आयोजना हुँदै आएको यो सम्मानसँगै यो वर्षदेखि नयाँ सम्मान पनि थपिएको छ ।