नेपाल समाचारपत्र, काठमाडौं । भुवन नगरकोटीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् ।गोकर्ण गल्फ क्लबमा अन्तिम दिन भुवनले २ ओभर ७४ स्कोर जोड्दै कूल ७ अन्डर २ सय ८१ स्कोर गरेका हुन् । उनले दोस्रो स्थानमा रहेका एमेच्योर खेलाडी सुवास तामाङमाथि केवल १ स्ट्रोकको अग्रता लिँदै उपाधि हात पारेका हुन् । […]