खोटाङ – सर्वोच्च अदालतले खोटाङको रावाबेसी गाउँपालिकाको केन्द्रकाे अन्तिम टुङ्गो लगाएकाे छ । सर्वाेच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सोमवार गाउँपालिकाको केन्द्र कुभिन्डेको हरमटार कायम रहने गरी अन्तिम फैसला सुनाएको हो ।
सर्वोच्चले गाउँपालिकाको केन्द्रविरुद्ध परेको रिट निवेदन खारेज गरिदिएको छ । सर्वोच्चको फैसलाले गाउँपालिकाको केन्द्रका विषयमा पाँच वर्षदेखि भइरहेको अलमल हटेको छ ।
राज्य पुनःसंरचनाका क्रममा रावाबेसी गाउँपालिकाको नाम लामीडाँडा र केन्द्र खार्पा (रावाबेसी गा...