६ वैशाख, काठमाडौं । धनुषामा एक ट्रक प्याज र ३२ थान मोबाइल बरामद भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको हो ।
शहिदनगर नगरपालिका-२ तीनकोरिया वीरेन्द्रबजारबाट ना८ख …
प्रहरीले आठ लाखको अबैध मोबाइल फोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार साँझ चन्द्रनिगाहपुर गौर सडक खण्डमा चेकचाँजका क्रममा यात्रुबाहक बसको डिक्कीबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउदै...
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-१० स्वामीचोक घर भई हाल भरतपुर-५ विकासचोक बस्दै आएका ३२ वर्षका प्रकाश विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको कोठामा चेकजाँच गर्दा पेस्तोल, गोली, एक लाख १४ हजार, सुनको सिक्री र पाँच थान मोबाइल बरामद भएको जिल्ला […]
झापाको बिर्तामोड नगरपालिका–५ को पञ्चकन्या चोकबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँ बस पार्कबाट खटिएको प्रहरी टोलीले २४ वर्षीय सुनिल लिम्बूलाई मंगलबार साँझ पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र दुई थान मोबाइल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर उनीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । उनका अनुसार प्रहरीले अनुसन्धानका ला
अवैध रुपमा चोरी गरी ल्याईएको मोबाइलसहित २ जना पक्राउ परेका छन् । भन्सार छलेर चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरी घर भएका हाल शंखमुल बस्ने २१ वर्षिय आकाश कार्की र महोत्तरी घर भएका हाल जडीबुटी बस्ने २१ वर्षिय अमित कुमार महत्तो रहेका छन्...
काठमाडौं।दुम्किबासमा भन्सार छलेर जिल्ला भित्र्याउदै गरेको ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ।विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइलको बजार मूल्य करिब ७८ लाख पर्ने मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए। भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुरका अर्जुन ढकाल र इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।दुम्किबासमा बरामद गरिएको मोबाइलको बजार मूल्य करिब रु ७८ लाख पर्ने जानकारीमा आएको गिरीको भनाइ छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले
नवलपरासी । नवलपरासी प्रहरीले ७८ लाख रुपैयाँ बराबरका मोबाइल सेट बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दुम्किवासबाट गएराती ५ सय ९५ थान मोबाइल बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले कारमा लैजादै गरेका मोबाइल सेटसहित २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा […]
रौतहट प्रहरीले दुई लाख ५० हजार बराबरको अवैध मोबाइल बरामद गरेको छ । निषेधाज्ञाको मौकाछोपी भारतीय बजारबाट अवैध रूपमा भित्र्याउन लागेको विभिन्न ब्रान्ड को मोबाइल प्रहरीले बरामद गरेको हो । ईशनाथ न.पा.४ लतमरी स्थितमा चेकजाँचको क्रममा Android मोवाईल Redmi -७ थान, Relme ४ थान, Oppo १ थान दुई लाख पचास हजार बराबरको बरामद भएको एसपी सिद्दीबिक्रम शाहले बताए । प्रहरी गस्ती टोलीलाई देखेपछि तस्कर भने फरार भएकाले सो बारे थप अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जना
बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैयास्थित तिनकुने चोकबाट करिब ५ लाख १६ हजार रुपैयाँ बराबरको १ सय ४० थान मोबाइल बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना.६ ख ७३९५ नम्बरको बसलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा डिकीमा लुकाई छिपाई राखेको बिना बिलको उक्त मोबाइलहरु फेला पारी प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।