राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ, नेकपा (एमाले)का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका मन्त्रीहरु फेरबदल हुने भएका छन् । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार अपरान्ह ५ बजेका लागि समय माग भएको छ ।
काठमाडौँ । सोमबार सत्ता गठबन्धन परिवर्तन भएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार राष्ट्रपति भवन पुगेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी गराएका थिए । प्रधानमन्त्रीको आग्रहअनुसार राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको हो । नेकपा माओवादी केन्द्रले हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको छ । त्यस्तै […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् । स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको अहिले भेटवार्ता भइरहेको छ । आज केही मन्त्री थपेर क्याबिनेट विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । भागबन्डा मिलिसकेका दलसँग उनले दिउँसो १ बजेसम्म मन्त्रीको नाम मागेका छन् । आजै अपरान्ह नयाँ मन्त्रीको शपथ गराउने गरी गृहकार्य भइरहेको बेला […]
काठमाडौं : राष्ट्रपति प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज उपप्रधान एवम् उर्जा मन्त्रीको शपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाएकी हुन्।
यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा चारजना उपप्रधानमन्त्री भएका छन्। यसअघि प्रचण्डसँगै पुस ११ गते ३ जना उप्रधानमन्त्रीले शपथ लिएका थिए।
प्रचण्ड सरकारमा…
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा मन्त्रीको शपथ खाएका चार जना अझै विना विभागीय छन् । आफ्नो हातमा सत्ता आएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले हतार हतार गरेर तीन जनालाई मन्त्रीको शपथ खुवाउन लगाएका थिए ।
तर सत्ता गठबन्धनमै भागबण्डा मिल्न नसकेपछि शपथ खाएका चार जना मन्त्री भने विनाविभा...
काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका तीन जना उपप्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति कार्यालय शीतल निवासमा विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थ, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीको शपथ ग्रहण गरेका हुन्।एमालेका तीन र जनमत पार्टीका एक जनाको कार्यभार पछि तोकिने बताइएको छ। उनीहरुलाई विना विभागीय मन्त्रीको शपथ ग्रहण गराइएको छ।
१८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताए । सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । अध्यक्ष प्रण्चण्डले सकेसम्म आजै मन्त्रीहरुको शपथ ग्रहण गराउने कोशिस भएको बताए । ‘क्याविनेट आजै शपथ ग्रहण गराउने […]