प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्रीको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ, नेकपा (एमाले)का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

सम्बन्धित सामग्री

पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ ५ बजे हुने - NepaliPatra

काठमाडौँ । सोमबार सत्ता गठबन्धन परिवर्तन भएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार राष्ट्रपति भवन पुगेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी गराएका थिए । प्रधानमन्त्रीको आग्रहअनुसार राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको हो । नेकपा माओवादी केन्द्रले हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको छ । त्यस्तै […]

नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा यी चार नेता बन्दैछन् मन्त्री

काठमाडौं : नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा आज (सोमबार) चार जनाले मन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै सोमबार नै ४ जनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने भएका छन्।पछिल्लो सहमतिअनुसार माओवादीबाट वर्षमान पुन, एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने तय भएको छ। जनमत, नागरिक उन्मुक्तिसहितका दलहरू भने दोस्रो चरणमा मात्र सरकारमा सहभागी हुने भएका छन्।

अदालतको आदेशलाई चुनौती दिएर मन्त्रीको शपथ

सुर्खेत - मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशीतालाई कार्यान्वयन गर्न उच्च अदालत सुर्खेतले दिएको आदेशलाई अवज्ञा गर्दै कर्णाली प्रदेश सरकारले मन्त्रीलाई शपथ ग्रहण गराएको छ ।  मन्त्रिपरिषद् समावेशी नभएको, महिला सहभागिता शून्य भएको भन्दै सबैतिरबाट आलोचना भइरहेका बेलामा नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीर बहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। आज प्रदेश प्रमुख तिलक परियारले मन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । बिहीवार नेकपा माओवादी केन्द्रबाट डोल्पामा शाही मन्...

नवनियुक्त मन्त्रीको शपथ आज

काठमाडौं : नयाँ मन्त्रीहरूले आज शपथ लिने भएका छन्। आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी थिइन्।कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत राख्दै एकीकृत समाजवादीले सिफारिस गरेकालाई मन्त्री नियुक्त भएका हुन्।  नवनियुक्त मन्त्रीहरुको शपथ आज विहान ११ बजे हुने राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए। नयाँ मन्त्रीहरूमा संस्कृति, पर्यटन तथा नागर

नयाँ मन्त्रीको शपथ भोलि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मात्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।  आइतबार एकीकृत समाजवादीबाट सहभागी भएका मन्त्रीहरूले राजीनामा बुझाएसँगै देउवाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन् । बालुवाटार स्रोतकाअनुसार राष्ट्रपति कार्यालयमा सोमबारका लागि मात्र नयाँ मन्त्रीहरूको शपथको समय मागिएको छ । “आजका लागि मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी छैन । प्रधानमन्त्रीज्यूले भोलि मन्त्रिमण्डल पुनर्गठन...

कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शाहीले बुधबार आन्तरिक मामिला कानुन, यूवा तथा खेलकुदमन्त्रीमा विन्दमान विष्ट, जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मालाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार बिहान ११ बजेका लागि तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको...