सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेलगत्तै सत्तारुढ दलकै नेताले देव गुरुङले यसमा कानूनी जटिलता आउन सक्ने भन्दै प्रश्न उठाएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका गुरुङले वैशाख ३० मा हुने चुनावको वैधानिकतामाथि प्रश्न उठ्न सक्ने बताएका हुन् ।माओवादी नेता गुरुङले वैशाख ३० मा स्थानीय तह निर्वाचन गर्ने भए स्थानीय तह निर्वाचन ऐन संशोधन हुनुपर्नेसमेत बताएका छन् । माओवादी केन्द्रका नेता गुरुङले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा स्थानीय तह निर्वाचनसम्बन्धी ऐन सं