मेलम्ची बाढीका नाममा चन्दा संकलन गरे दुई वर्ष कैद

मेलम्ची बाढी पीडितका नाममा चन्दा वा सहयोग संकलन गरे कारवाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राहत वा चन्दा सहयोग संकलन गरेमा, ...

सम्बन्धित सामग्री

चन्दाको रकम हिनामिना गरेको भन्दै नेकपा माहावीरका नेताले गरे सहकर्मीको हत्या

चन्दा संकलन गरेको रकमको हिसाबकिताब नबुझाई हिनामिना गरेको भन्दै विप्लव माओवादीबाट फुटेको नेकपा माहाबीर समूहका नेताहरुले आफनै सहकर्मीको बीभत्स हत्या गरेका छन्।

चन्दाको रकम हिनामिना गरेको भन्दै नेकपा माहावीरका नेताले गरे सहकर्मीको हत्या

चन्दा संकलन गरेको रकमको हिसाबकिताब नबुझाई हिनामिना गरेको भन्दै विप्लव माओवादीबाट फुटेको नेकपा माहाबीर समूहका नेताहरुले आफनै सहकर्मीको बीभत्स हत्या गरेका छन्।

मुठीदानद्वारा स्थापना भएको विद्यालय अहिले नमुना

तुलसीपुर । अन्यत्र जग्गा नभेटेपछि खोलाले छाडेको जमीन सदुपयोग गरेर विद्यालय चलाउने आँट भयो, स्थानीय बासिन्दाको । यसैको जगमा तुलसीपुर उपमहानगरपालिका–५ पातुखोलामा ज्ञानज्योति आधारभूत विद्यालय शुरू भयो । विसं २०५८ मा चन्दा संकलन गरेर बनाइएको विद्यालयभवन हावाले उडाएर भत्काइदिए पनि त्यहाँका बासिन्दाले हिम्मत हारेनन् । पुनः विद्यालय भवन निर्माण गरेर कक्षा सञ्चालन गरे । भवन निर्माण भएपछि शुरूमा कक्षा ३ सम्म चलाए । विद्यालय चलाए पनि शिक्षकलाई तलब खुवाउने कुनै स्रोत थिएन । त्यसपछि गाउँका सबैले मुठी दान गरेर शिक्षकलाई तलब खुवाए । ‘मुठी दानमार्फत चामल संकलन गर्‍यौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भने, ‘दानबाट संकलन गरेको चामल बेचेर शिक्षकलाई तलब खुवाएका थियौं ।’ हाल त्यही विद्यालय तुलसीपुरका आधारभूत विद्यालयतर्फ नमुनाका रूपमा स्थापित छ । अहिले त्यस विद्यालयका ठूलाठूला भवनसँगै पढाइ पनि उत्तिकै राम्रो छ । त्यसैले पनि त्यो विद्यालय अहिले उपमहानगरपालिकाले नै आधारभूततर्फ उत्कृष्ट विद्यालयका रूपमा लिएको छ । नर्सरी, एलकेजीदेखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा प्रविधिमैत्री पढाइ पनि हुन्छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाका माध्यमबाट पठनपाठन भइरहेको छ । विद्यालयमा अहिले ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ‘शुरूमा निकै चुनौती थियो, पहिले खोलो बग्थ्यो, त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौं,’ विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले भने, ‘अहिले ४५० विद्यार्थी अध्ययनरत छन् ।’ त्यहाँ सबै गरीब, दलित तथा पिछडिएका समुदायका बालबालिका पढ्छन् । पातुखोलाका बस्तीमा प्रायः गिट्टी कुटेर दैनिकी चलाउनेहरू बस्छन् । त्यहाँका विद्यार्थीलाई अन्य विद्यालयमा भर्ना गर्ने स्थिति पनि थिएन । त्यहाँ विद्यालयको आवश्यकता देखेपछि पहल लिएको अभिभावक निर्मल परियारले बताए । ‘नजिकै सेन्टर स्कूल थियो, त्यसमा भर्ना गर्नलाई ठूलो पावर लगाउनुपथ्र्यो,’ उनले भने, ‘पावर नपुगे भर्ना पाउने स्थिति नै रहँदैनथ्यो, त्यसैले पनि हामीले यहाँ विद्यालय स्थापना गरेका हौं ।’ उपमहानगरपालिकाले पनि आधारभूततर्फको उत्कृष्ट विद्यालय देखाउनुपर्दा त्यही विद्यालयलाई नै देखाउने गर्छ । अति विपन्न समुदायका विद्यार्थी पनि अध्ययन गर्ने र खोलाको किनारलाई पनि व्यवस्थित गरेर सञ्चालनमा ल्याएपछि आफूहरूले यो विद्यालयलाई सहयोग र प्रोत्साहन पनि गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारीले बताए । ‘गिट्टी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरीले अध्ययन गर्ने त्यो विद्यालयलाई नमुनाका रूपमा लिएका छौं,’ उनले भने, ‘त्यसपछि त्यहाँका संरचना पनि उत्तिकै राम्रा भएका छन् ।’ आधारभूत विद्यालयमा ४५० विद्यार्थी हुनु भनेको सरकारी विद्यालयका लागि सकारात्मक कुरा रहेको उनको भनाइ छ । अहिले त्यहाँ १० जना शिक्षक, चार जना बालविकास, एक जना निजी तथा एक जना परिचर कार्यरत छन् । नजिकै पढ्न पाउँदा विद्यार्थी पनि खुशी भएका छन् । त्यो विद्यालयमा अहिले आफूहरूले कक्षा ८ मा पढिरहेको र त्यसपछि बाहिर स्कूलमा जानुपर्ने अवस्था रहेको भन्दै यो अवस्था अन्त्य हुनुपर्ने विद्यार्थीको माग छ । ‘अहिलेसम्म हामीले यही विद्यालयमा पढ्यौं,’ विद्यार्थी लीला चलाउनेले भने, ‘अब कक्षा १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो, अहिले नभए पनि हामी पछि आउने विद्यार्थीले कक्षा १० सम्म यहीँ पढ्न पाउन्, भन्ने चाहना छ ।’ सोही विद्यालयमा शुरूआतदेखि नै मेघराज घिमिरे कार्यरत छन् । उनीसहित तीन जना शिक्षक शुरूआतमा कार्यरत रहेको भए पनि पछि दुई जना शिक्षकले छोडेर गएपछि घिमिरेले सोही विद्यालय हाँकेका छन् । शुरूआतदेखि नै उनी विद्यालयको प्रधानाध्यापक हुन् । केही समय उनले निःशुल्क काम गरे । ‘शुरूमा हामीले तलब पनि दिन सकेनौं, छ महीनासम्म निःशुल्क पढाउनुभयो,’ अध्यक्ष विकले भने, ‘छ महीनापछि रू. १ हजार तलब तोकिदिएका हौं  ।’ रासस

ओखलढुंगाका स्थानीयले चन्दा संकलन गरेर क्याम्पस स्थापना गरे

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाका स्थानीयले चन्दा संकलन गरेर क्याम्पस स्थापना गरेका छन् । सरस्वती माद्यमिक विद्यालय खानी भञ्ज्याङमा क्याम्पस सञ्चालन गर्ने गरी स्थापना गरिएको हो । क्याम्पस स्थापनाका लागि तदर्थ समिति गठन गरेर १० लाख रुपैयाँ चन्दा संकलन गरिएको थियो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएपछि अहिले क्याम्पसको उद्घाटन समेत गरिएको छ । क्याम्पसमा शिक्षा […]

हिन्दुराष्ट्रमा जनमत बढाउन भन्दै राप्रपाले थाल्यो चन्दा संकलन

३ भदौ, काठमाडौं । हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चन्दा संकलन अभियान सुरु गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखैमा थालिएको यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरे । आर्थिक स्रोत व्यवस्थापनको जिम्मा महामन्त्री डा. […]

स्थानीयले पुनर्निर्माण गरे पुरातात्त्विक शैलीमा कुमारी घर

दोलखा (अस) । दोलखामा स्थानीयको सहभागितामा पुरातात्त्विक शैलीमा कुमारी घरको पुनर्निर्माण सम्पन्न भएको छ । विनाशकारी भूकम्पले ध्वस्त भएको कुमारी घरको निर्माण गर्न ८१ लाख रुपैयाँ खर्च भएको कुमारी मन्दिर निर्माण उपभोक्ता समितिका सचिव सुरेश श्रेष्ठले जानकारी दिए । दोलखा जिल्लामा रहेको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिर, तलेजु, तथा भीमेश्वरको भण्डार घरको निर्माण पुरातत्त्व विभागबाट सम्पन्न भए पनि कुमारी घरको निर्माण नभएको कारण स्थानीयहरूकै सहभागितामा कुमारी घरको  निर्माण सम्पन्न भएको उनले बताए । कुमारी घर निर्माणको लागि  भीमेश्वर नगरपालिकाले १७ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने बाँकी ६४ लाख रुपैयाँ स्थानीयहरूले चन्दा संकलन गरेका थिए । पुरातात्त्विक घर निर्माणका लागि एउटा परिवारबाट १२ लाख रुपैयाँसम्म चन्दा प्राप्त भएको सचिव श्रेष्ठको भनाइ छ । पुरातात्त्विक शैलीमा निर्माण गरिएको भवनमा दाचिअप्पा इँटको प्रयोग गरिएको छ । दुई तल्ला रहेको उक्त भवनमा कलात्मक साँझ्या: (तीन ओटा झ्याल) तथा आँखीझ्यालहरू राखिएका छन् ।  यसैगरी छानो भने तामाको लगाइएको छ । काठहरू सबै सालका प्रयोग गरिएको कुमारी मन्दिर निर्माण उपभोक्ता समितिले बताएको छ । ऐतिहासिक दोलखा शहरमा रहेका केही मुख्य पुरातात्त्विक संरचनाहरूको निर्माण सम्पन्न भइसके पनि  नाट्येश्वर, श्यामसुन्दर मन्दिर, चैत्यहरू लगायतको निर्माण हुन  सकेको छैन । टक्सार घर संग्रहालय भवन भने निर्माणाधीन रहेको छ ।

स्थानीयले पुनर्निर्माण गरे पुरातात्विक शैलीमा कुमारी घर

वैशाख २२, दोलखा । दोलखामा स्थानीयको सहभागितामा पुरातात्विक शैलीमा कुमारी घरको पूनर्निर्माण सम्पन्न भएको छ । विनाशकारी भुकम्पले ध्वस्त भएको कुमारी घरको निर्माण गर्न ८१ लाख रुपैयाँ खर्च भएको कुमारी मन्दिर निर्माण उपभोक्ता समितिका सचिव सुरेश श्रेष्ठले जानकारी दिए । दोलखा जिल्लामा रहेको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिर, तलेजु, तथा भीमेश्वरको भण्डार घरको निर्माण पुरातत्व विभागबाट सम्पन्न भएपनि कुमारी घरको निर्माण नभएको कारण स्थानीयहरुकै सहभागीतामा कुमारी घरको  निर्माण सम्पन्न भएको  उनले बताए ।  कुमारी घर निर्माणको लागि  भीमेश्वर नगरपालिकाले १७ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने बाँकी ६४ लाख रुपैयाँ स्थानीयहरुले चन्दा संकलन गरेका थिए । पुरातात्विक घर निर्माणका लागि एउटा परिवारबाट १२ लाख रुपैयाँसम्म चन्दा प्राप्त भएको सचिव श्रेष्ठको भनाइ छ । पुरातात्विक शैलीमा निर्माण गरिएको भवनमा दाचिअप्पा इँटको प्रयोग गरिएको छ ।  दुई तल्ला रहेको उक्त भवनमा कलात्मक साँझ्याः(तीन ओटा झ्याल) तथा आँखिझ्यालहरु राखिएको छ ।  यसैगरी छानो भने तामाको लगाइएको छ । काठहरु सबै सालका प्रयोग गरिएको कुमारी मन्दिर निर्माण उपभोक्ता समितिले बताएको छ ।  ऐतिहासिक दोलखा शहरमा रहेका केही मुख्य पुरातात्विक संरचनाहरुको निर्माण सम्पन्न भइसके पनि  नाट्यश्वर,,श्यामसन्दुर मन्दिर, चैत्यहरु लगायतको निर्माण हुन भने सकेको छैन । यसैगरी टक्सार घर संग्रहालय भवन भने निर्माणाधीन रहेको छ ।

युवा र पत्रकारले बनाए नमुना विद्यालय, 'धुर्मुस' पनि पुगे सहयोग गर्न

जनकपुरधाम : महोत्तरीका केही युवा र पत्रकारको संयुक्त प्रयास र स्थानीयस्तरबाट चन्दा संकलन गरेर एउटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयमा परिणत गर्न सफल भएका छन्।ग्रामीण भेगमा पर्ने बर्दिबास नगरपालिका वडा नम्बर– ९ पशुपतिनगर बनरझुल्लास्थित राष्ट्रिय माध्यमिक विद्यालय पुग्दा अहिले जो कोही पनि प्रभावित हुने गर्दछन्।आँट गरे के हुँदैन भन्ने प्रत्यक्ष उदाहरण बनेका जनसहयोगी युवा सञ्जाल बर्दिबासमा आबद्ध युवाले करिब सवा करोड खर्चेर विद्यालयमा बगैंचा, खेलमैदान, मञ्च, बालउद्यान निर्माण गरेक