जनकपुरधाम : महोत्तरीका केही युवा र पत्रकारको संयुक्त प्रयास र स्थानीयस्तरबाट चन्दा संकलन गरेर एउटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयमा परिणत गर्न सफल भएका छन्।ग्रामीण भेगमा पर्ने बर्दिबास नगरपालिका वडा नम्बर– ९ पशुपतिनगर बनरझुल्लास्थित राष्ट्रिय माध्यमिक विद्यालय पुग्दा अहिले जो कोही पनि प्रभावित हुने गर्दछन्।आँट गरे के हुँदैन भन्ने प्रत्यक्ष उदाहरण बनेका जनसहयोगी युवा सञ्जाल बर्दिबासमा आबद्ध युवाले करिब सवा करोड खर्चेर विद्यालयमा बगैंचा, खेलमैदान, मञ्च, बालउद्यान निर्माण गरेक