मुठीदानद्वारा स्थापना भएको विद्यालय अहिले नमुना

तुलसीपुर । अन्यत्र जग्गा नभेटेपछि खोलाले छाडेको जमीन सदुपयोग गरेर विद्यालय चलाउने आँट भयो, स्थानीय बासिन्दाको । यसैको जगमा तुलसीपुर उपमहानगरपालिका–५ पातुखोलामा ज्ञानज्योति आधारभूत विद्यालय शुरू भयो । विसं २०५८ मा चन्दा संकलन गरेर बनाइएको विद्यालयभवन हावाले उडाएर भत्काइदिए पनि त्यहाँका बासिन्दाले हिम्मत हारेनन् । पुनः विद्यालय भवन निर्माण गरेर कक्षा सञ्चालन गरे । भवन निर्माण भएपछि शुरूमा कक्षा ३ सम्म चलाए । विद्यालय चलाए पनि शिक्षकलाई तलब खुवाउने कुनै स्रोत थिएन । त्यसपछि गाउँका सबैले मुठी दान गरेर शिक्षकलाई तलब खुवाए । ‘मुठी दानमार्फत चामल संकलन गर्‍यौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भने, ‘दानबाट संकलन गरेको चामल बेचेर शिक्षकलाई तलब खुवाएका थियौं ।’ हाल त्यही विद्यालय तुलसीपुरका आधारभूत विद्यालयतर्फ नमुनाका रूपमा स्थापित छ । अहिले त्यस विद्यालयका ठूलाठूला भवनसँगै पढाइ पनि उत्तिकै राम्रो छ । त्यसैले पनि त्यो विद्यालय अहिले उपमहानगरपालिकाले नै आधारभूततर्फ उत्कृष्ट विद्यालयका रूपमा लिएको छ । नर्सरी, एलकेजीदेखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा प्रविधिमैत्री पढाइ पनि हुन्छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाका माध्यमबाट पठनपाठन भइरहेको छ । विद्यालयमा अहिले ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ‘शुरूमा निकै चुनौती थियो, पहिले खोलो बग्थ्यो, त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौं,’ विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले भने, ‘अहिले ४५० विद्यार्थी अध्ययनरत छन् ।’ त्यहाँ सबै गरीब, दलित तथा पिछडिएका समुदायका बालबालिका पढ्छन् । पातुखोलाका बस्तीमा प्रायः गिट्टी कुटेर दैनिकी चलाउनेहरू बस्छन् । त्यहाँका विद्यार्थीलाई अन्य विद्यालयमा भर्ना गर्ने स्थिति पनि थिएन । त्यहाँ विद्यालयको आवश्यकता देखेपछि पहल लिएको अभिभावक निर्मल परियारले बताए । ‘नजिकै सेन्टर स्कूल थियो, त्यसमा भर्ना गर्नलाई ठूलो पावर लगाउनुपथ्र्यो,’ उनले भने, ‘पावर नपुगे भर्ना पाउने स्थिति नै रहँदैनथ्यो, त्यसैले पनि हामीले यहाँ विद्यालय स्थापना गरेका हौं ।’ उपमहानगरपालिकाले पनि आधारभूततर्फको उत्कृष्ट विद्यालय देखाउनुपर्दा त्यही विद्यालयलाई नै देखाउने गर्छ । अति विपन्न समुदायका विद्यार्थी पनि अध्ययन गर्ने र खोलाको किनारलाई पनि व्यवस्थित गरेर सञ्चालनमा ल्याएपछि आफूहरूले यो विद्यालयलाई सहयोग र प्रोत्साहन पनि गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारीले बताए । ‘गिट्टी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरीले अध्ययन गर्ने त्यो विद्यालयलाई नमुनाका रूपमा लिएका छौं,’ उनले भने, ‘त्यसपछि त्यहाँका संरचना पनि उत्तिकै राम्रा भएका छन् ।’ आधारभूत विद्यालयमा ४५० विद्यार्थी हुनु भनेको सरकारी विद्यालयका लागि सकारात्मक कुरा रहेको उनको भनाइ छ । अहिले त्यहाँ १० जना शिक्षक, चार जना बालविकास, एक जना निजी तथा एक जना परिचर कार्यरत छन् । नजिकै पढ्न पाउँदा विद्यार्थी पनि खुशी भएका छन् । त्यो विद्यालयमा अहिले आफूहरूले कक्षा ८ मा पढिरहेको र त्यसपछि बाहिर स्कूलमा जानुपर्ने अवस्था रहेको भन्दै यो अवस्था अन्त्य हुनुपर्ने विद्यार्थीको माग छ । ‘अहिलेसम्म हामीले यही विद्यालयमा पढ्यौं,’ विद्यार्थी लीला चलाउनेले भने, ‘अब कक्षा १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो, अहिले नभए पनि हामी पछि आउने विद्यार्थीले कक्षा १० सम्म यहीँ पढ्न पाउन्, भन्ने चाहना छ ।’ सोही विद्यालयमा शुरूआतदेखि नै मेघराज घिमिरे कार्यरत छन् । उनीसहित तीन जना शिक्षक शुरूआतमा कार्यरत रहेको भए पनि पछि दुई जना शिक्षकले छोडेर गएपछि घिमिरेले सोही विद्यालय हाँकेका छन् । शुरूआतदेखि नै उनी विद्यालयको प्रधानाध्यापक हुन् । केही समय उनले निःशुल्क काम गरे । ‘शुरूमा हामीले तलब पनि दिन सकेनौं, छ महीनासम्म निःशुल्क पढाउनुभयो,’ अध्यक्ष विकले भने, ‘छ महीनापछि रू. १ हजार तलब तोकिदिएका हौं  ।’ रासस

सम्बन्धित सामग्री

सरकारले ५ वटा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने

काठमाडौँ– सरकारले बुढानीलकण्ठ स्कुल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कुलको सञ्चालन मोडालिटी अवलम्बन गरी धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक-एकवटा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाश शरण महतले यस्तो घोषणा गरेका हुन् ।

जानकीमा छात्रा विद्यालय स्थापना

बाँके । जानकी गाउँपालिकाले पहिलोपटक छात्राहरूका लागि छुट्टै विद्यालय निर्माण गरेको छ । वडा नम्बर ३ मानपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई छात्रा विद्यालयका रूपमा निर्माण गरेको हो । उक्त विद्यालयको नामसमेत परिवर्तन भएको छ। नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय बनाइएको छ। पालिकाका छात्राहरूलाई विद्यालयको मूल प्रवाहमा ल्याउन छुट्टै छात्रा विद्यालय निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष छब्बन […]

मजदुरका छोराछोरीले धानेको विद्यालय

लमजुङ सदरमुकाम बेंसीशहरमा रहेको बाल लक्ष्मीमन्दीर प्राथमिक विद्यालय ४८ वर्षअघि स्थापना भएको सामुदायिक विद्यालय हो । यस विद्यालयबाट कखरा पढेर धेरैले उच्च शिक्षा हासिल गरे । अहिले यो विद्यालय मजदुरका छोराछोरीले मात्रै धानेका छन्। आफ्नो घर आगनमै रहेको विद्यालय छोडेर यस गाउँका विद्यार्थीहरु बोर्डिङ स्कुल जान्छन् । विद्यालयका प्रधानाध्यापक भगवती जोशीले भनिन् पैसा तिरेपछि गुणस्तर शिक्षा पाइन्छ भन्ने सोच भएकाले स्थानीयले छोराछोरी गाउँको स्कुलमा पढाउँदैनन् ।’ ०४२ सालमा गाउँलेले जग्गादान र श्र

सामुदायिक विद्यालय स्थापना गर्न नेशनल लाईफ इन्स्योरेन्सको सम्झौता

नेशनल लाईफ इन्स्योरेन्सले सिन्धुपाल्चोकको थोकर्पा गाउँपालिकामा विद्यालय स्थापना गर्न सहयोग गर्ने भएको छ ।कम्पनीले सो विद्यालय स्थापना गर्न एक एक पाइला फाउण्डेशनसँग सम्झौत गरेको छ । कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र फाउण्डेशनका तर्फबाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।सम्झौताअनुसार अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र ब्यवस्थापन […]

नवलपरासी सेवा समाज कतारद्वारा ३ विद्यालय र एक अस्पतालमा अक्षयकोष स्थापना

‘आपसी सहयोग, सद्भाव र एकता, सामाजिक सेवामा हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका गठन भएको नवलपरासी सेवा समाज, कतारले नवलपरासी जिल्लाका तीन विद्यालय र एउटा सामुदायिक अस्पताल छनौट गरी प्रत्येकमा एक लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको छ ।सुनवल नगरपालिका–५, बनकट्टीमा रहेको भगवती मावि, सुस्ता गाउँपालिका–५, पक्लिहवामा रहेको दिपक मावि, बर्दघाट नगरपालिका–६, बेतहानीमा रहेको राष्ट्रिय मावि र बर्दघाट नगरपालिका–१४, चौपत्तामा रहेको जिल्लाकै एकमात्र सामुदायिक अस्पताल

सशस्त्र प्रहरीको तेस्रो विद्यालय सप्तरीमा स्थापना

सशस्त्र प्रहरीको तेस्रो विद्यालय सप्तरीमा स्थापना भएको छ । यसअघि राजधानीको कीर्तिपुर र बाँकेको कोहलपुरमा रहेकव सशस्त्र प्रहरीको विद्यालय सप्तरीको शम्भुनाथ नगरपालिका- ११ मा पनि स्थापना गरिएको हो ।

नेपालमा पहिलो पटक अटिजम विशेष विद्यालय स्थापना

चितवन– भरतपुर महानगरपालिका–१० बालमन्दिर आधारभूत विद्यालयमा अटिजम विशेष विद्यालय स्थापना गरिएको छ । यस विद्यालयमा अटिजम भएका बालबालिकालाई पठनपाठन गराइने छ । विद्यालयको आज एक समारोहबीच उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालयको उद्घाटन गर्दै नेपालमा नै पहिलो पटक अटिजम विशेष विद्यालय स्थापना गरिएको बताइन् ।  अटिजम भएका बालबालिकाको अभिभावकले दुःख बेहोर्नु […]

चेपाङ गाउँको विद्यालयमा पुस्तकालय स्थापना

के फाउण्डेशन ग्लोबलले विद्यालयमा पुस्तकालय स्थापना गरेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय तुन्तेषमा फाउण्डेशनले पुस्तकालय स्थापना गरेको हो।...

‘एक स्थानीय तह एक नमुना विद्यालय’ स्थापना गर्ने

बुटवल। लुम्बिनी प्रदेश सरकारले ‘एक स्थानीय तह एक नमुना विद्यालय’ स्थापना गर्ने भएको छ। आर्थिक बर्ष २०७८÷०७९ नीति तथा कार्यक्रम शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन यो कार्यक्रम समावेश गरेको जानकारी दिइएको हो। स्थानीय तहसँगको सहलगानीमा यो कार्यक्रम सञ्चालन गरिने भएको छ। यीसँगै मातृभाषामा पाठ्यक्रमको विकास गर्ने र महिला छात्राबासको सुदृढिकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना हुने

न्युज अफ नेपाल, ललितपुर । सरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जिवीत इतिहास बोक्नुभएका संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्ने चहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ जोशी निवास पुग्नुभएको थियो । मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायीक विद्यालय खोल्ने […]