नेकपा एकीकृत समाजवादी पार्टीले कैलालीका तीन वटा स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ । घोडाघोडी नगरपालिकाको नगरप्रमुखमा खडक रावत, गोदावरीको उपप्रमुखमा रत्ना कडायत र कैलालीको चुरे गाउँपालिकामा प्रमुख लोकबहादुर सारुमगरलाई चयन गरिएको छ । घोडाघोडी नगरप्रमुखका उम्मेदवार रावत समाजवादी पार्टीका जिल्ला सचिव हुन् । उनी पहलमानपुरस्थित कान्ती राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका समेत अध्यक्ष हुन् । उनकै प्रयासमा सो विद्यालय नमूना विद्यादयका रुपमा परिचित छ ।गोदावरी नगरपा