माओवादीले सल्यानमा टुंगो लगायो ७ पालिकामा उम्मेदवार

नेकपा माओवादी केन्द्रले सल्यानका १० पालिकामध्ये ७ पालिकामा सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ । अन्य तीन पालिकामा भने धेरै आकांक्षी भएकाले उम्मेदवार टुंगो लागेको छैन । शारदा नगरपालिकामा मेयरमा प्रमोद श्रेष्ठ, बनगाड कुपिण्डे नगरपालिका मेयरमा कर्णबहादुर बुढाथोकी, कालिमाटी गाउँपालिका अध्यक्षमा पुरुषोत्तम भट्टराई, कपुरकोट गाउँपालिका अध्यक्षमा प्रकाश भण्डारीको सिफारिस गरिएको छ ।यस्तै त्रिवेणी गाउँपालिका अध्यक्षमा राजेन्द्र थापा, सिद्ध कुमाख गाउँपालिका अध्यक्षमा रामबहादुर बुढाथोकी र दार्मा गाउँपालिकाक