खलंगामा कपडा बैंक स्थापना

जुम्लाको खलंगामा कपडा बैंक खोलिएको छ। एक पटक  लगाइएका पुराना कपडाहरु संकलन गर्ने गरि कपडा बैंक स्थापना गरिएको हो। लगाएका पुराना संचित  कपडाहरु अन्य कपडाविहिन मानिसहरुको उद्धार तथा सहयोगको लागि...

सम्बन्धित सामग्री

चन्द्रागिरिमा ‘कपडा बैंक’ शुभारम्भ

चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैंक’  को शुभारम्भ गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ ’ बैंक स्थापना गरिएको हो ।  प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका (गेट)मा रहेको ‘कपडा बैंक’ लगेर जम्मा गर्न सकिनेछ ।

डोटीमै पहिलो पटक कपडा बैंक स्थापना

डोटी । डोटीको शिखर नगरपालिकामा जिल्लाकै पहिलो कपडा बैंक स्थापना भएको छ । शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायरले वडा नं २ कालागाडमा स्थापना भएको उक्त कपडा बैंकको शनिबार उद्घाटन गरेका छन् । मेयर बलायरले कपडा बैंकमा जम्मा भएका कपडा जीउ ढाक्न समस्या भएका व्यक्तिहरुलाई राहत पुग्ने बताए । ‘कसैलाई पुराना कपडा कसरी व्यवस्थापन गर्ने भन्ने […]

पुनः प्रयोग गर्न मिल्नेगरी कपडा बैंक स्थापना

बुटवलमा कपडा बैंकको स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिकाको समन्वय तथा क्लोथ एण्ड फुड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैंकको स्थापना गरिएको हो ।

हुम्लामा औपचारिक रुपमा सञ्चालन भयो कपडा बैंक

सिमकोट- जिल्ला पहिलो पटक स्थापना गरिएको कपडा बैंकको औपचारिक रूपमा स्थपान गरिएको छ। उक्त बैंकको उद्घाटन कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले अनौपचारिक रुपमा सञ्चालन भएको एक कार्यक्रममा गरिएको हो। नि:शुल्क रुपमा प्रयोग गर्न सकिने गरी कपडा बैंक स्थापना गरिएको छ‍। न्यून आयश्रोत भएका सेवाग्राहीहरूले आवश्यक पर्ने कपडा प्रगोय गर्न पाउने गरी सदरमुकाम सिमकोटमा उक्त बैंक […]

अन्तर्वार्ता: ‘व्यक्तिगत स्वार्थबाट माथि उठेर काम गर्छु’

बुबा गोपाल राय संघईले ८० वर्षअघि सुरु गरेको कपडा व्यवसायलाई सघाउँदै त्रिवेणी ग्रुप स्थापना गरी सञ्चालक भएका रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा अप्रत्याशित नाम हो । संघईले त्रिवेणी ग्रुपमार्फत हाल सिमेन्ट, धागो, तेल, चिनी, ग्यास, जडीबुटी प्रशोधन, चिया, बैंक, बिमा, पर्यटनलगायत क्षेत्रका उद्योगमा लगानी गरिरहेका छन् ।

नेपालले गुमाएको आत्मनिर्भरता : उद्योगहरूको विस्तार हुन नसक्नुका कारण

उन्नाइसौं शताब्दीको मध्यसम्म नेपालको अर्थतन्त्र आत्मनिर्भर थियो । विभिन्न खालका घरेलु तथा साना उद्योगहरू सरकारी र निजीक्षेत्रको एकल वा संयुक्त लगानीमा सञ्चालित थिए । यी उद्योगले विभिन्न प्रकारका वस्तु उत्पादन गर्ने गरेका थिए । हातेतानमा बनेका कपडा, भान्सामा प्रयोग हुने भाँडाकुँडा, कृषि औजार, माटाका भाँडा, काठका सामान र निर्माणका औजारहरू नेपालमा नै निर्मित हुने गर्थे । मगर, गुरुङ, नेवार, राई, कुमाल, तामाङ र शेर्पाहरू यस प्रकारको व्यापारिक गतिविधिमा संलग्न हुने गर्थे । विशेषगरेर कपडा, रग, कार्पेटको बुनाइ रंगाइ र धुलाइ आदिको कार्य जनजातिले गर्ने गरेका थिए जसले आजका दिनमा पनि निरन्तरता पाइरहेको देखिन्छ । खाँडीको कपडाको चलनचल्ती अधिक रूपमा थियो । कृषि औजारको निर्माण विश्वकर्माहरूले गर्ने प्रचलन थियो जसले नेपालका ग्रामीण इलाकाहरूमा अद्यापि निरन्तरता पाइरहेको छ । घरघरानामा आवश्यक पर्ने सामग्रीको निर्माण घरघरमा नै हुने गर्थ्यो । अत्यावश्यक सामानको आयात बिरलै हुने गर्थ्यो । यदाकदा कुलीन वर्गका लागि विलासिताका सरसामानमात्र आयात हुने गथ्र्यो । यो तथ्यले के स्पष्ट पार्छ भने नेपाल त्यसताका, खाद्यान्न, लत्ताकपडा, घरायसी प्रयोगका अत्यावश्यक सामान आदिको उत्पादन र उपभोग ठाउँ विशेषमा नै हुने गर्थ्यो जहाँका बासिन्दाले स्थानीय उत्पादनको अधिक रूपमा प्रयोग गर्ने परम्परा थियो । यातायातका साथै बजार विस्तारको अभावका कारण मानिस स्थानीय उत्पादनमा निर्भर रहनुपथ्र्यो र घरेलु बजारबाट नै गुजारा चलिरहेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले नेपालमा उपलब्ध स्रोत उत्पादनमूलक क्षेत्रमा परिचालन गरिरहेका छैनन् । उपलब्ध पूँजीको परिचालन अनुत्पादक क्षेत्रमा भइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरू यही अनुत्पादक क्षेत्रबाट नाफा आर्जन गर्न सफल भएका छन् । सन् १९५० को मध्य विशेषगरेर १९६० को दशकमा नेपालमा केही आधुनिक उद्योगहरूको स्थापना हुन लाग्यो । नेपालीहरूको बढ्दो मागलाई सम्बोधन गर्न वैदेशिक सहयोगको पहलमा केही आधुनिक उद्योगहरू स्थापना हुन लागे । रूसको सहयोगमा वीरगञ्ज चिनी कारखाना (१९६४), कृषि आजार कारखाना (१९६८), जनकपुर चुरोट कारखाना (१९६५) र रोजिन एन्ड टर्पेन्टाइन (१९८७) मा स्थापना भएका थिए । भारतीय लगानीमा चिनी, चुरोट, साबुन, कस्मेटिकका सामान आदिका उद्योग स्थापना भए । त्यस्तैगरेर बाँसबारी छाला तथा जुत्ता कारखाना, हेटौंडा कपडा उद्योग, भृकुटी कागज कारखाना (१९८५), हरिसिद्धि इँटा तथा टायल कारखाना, चिनी कारखाना आदि उद्योगको निर्माण चिनियाँ सहयोगमा भएको थियो । त्यस समयमा नेपालमा प्रशस्त उद्योग स्थापना भएका थिए । दोस्रो महायुद्धपश्चात् सृजना भएको शीतयुद्धको उपहार स्वरूप नेपालमा धेरै यस प्रकारका उद्योग विश्वका विभिन्न दुई खेमामा विभाजित मुलुकको सहयोगमा स्थापना भएका थिए । अर्को शब्दमा भन्दा पूर्वसोभियत युनियन र पाश्चात्य मुलुकहरूको बीचमा रहेको शीतयुद्धबाट नेपालले फाइदा लिन सकेका कारण पर्याप्त आधारभूत उद्योगहरू खुलेका थिए जसले नेपालीहरूको मात्र होइन, उत्तर भारतका बासिन्दाको दैनिक उपभोगको मागलाई नेपालमा उत्पादित वस्तुले सम्बोधन गरिरहेको थियो । यसप्रकारको निरन्तरता त्यस समयसम्म कायम रह्यो जुन समयसम्म शीतयुद्ध चलिरह्यो । सन् १९८९–१९९२ को अवधिमा सोभियत युनियनको विघटन भयो । यसको विघटनसँगै शीतकालीन युद्धको पनि अन्त्य भयो । शीतकालीन युद्धको समयमा विश्व दुई (अमेरिकी र रसियन) खेमामा विभाजित थियो । त्यसबखत नेपालले तटस्थ परराष्ट्र नीति अपनाएको थियो । सन् १९९० मा नेपालमा पनि प्रजातन्त्रको उदय भयो । नेपालको प्रजातन्त्रमा सरकारले शान्तिसुरक्षा र परराष्ट्र मामिलामा सम्बन्धी कार्यमा मात्र सीमित रहने परिधिको सृजना गर्‍यो । अर्थात् सरकारको कार्यक्षेत्रलाई खुम्च्याउने उद्देश्य लिइयो । उद्योग व्यवसायको स्थापना र सञ्चालन निजीक्षेत्रले गर्नुपर्ने वातावरण तयार गरियो । फलस्वरूप त्यसताका नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरू निजीकरण गरिए । तर, निजीक्षेत्रले यी उद्योगको सञ्चालन गरेनन् । देशभित्र उत्पादन भइरहेका अत्यावश्यक वस्तुको उत्पादन बन्द हुन पुगेपछि तिनको मागअनुसार आपूर्ति हुन सकेन । नेपालमा जनसंख्या वृद्धिदर उच्च रहेका कारण आधारभूत वस्तुहरूको मागमा वृद्धि हुनु अस्वाभाविक होइन । यो जनसंख्या वृद्धिको चापबाट आधारभूत वस्तुको मागमा आउने चापलाई केही हदसम्म सम्बोधन गर्ने उद्योगहरूको निजीकरणले उत्पादन बन्द हुन पुग्यो । ती वस्तुकोे मागको सम्बोधन आयातबाट हुन लाग्यो । अर्थात् १९९० को दशकदेखि नेपालले सबै औद्योगिक वस्तुको आयात गरेर आपूर्ति बढाइरहेको छ । औद्योगिक वस्तुहरूमात्र होइन नेपालमा कृषि उपजमा पनि आत्मनिर्भर हुन सकेको छैन । कृषिमूलक उद्योगहरूबाट उत्पादन भई आपूर्ति भइरहेका अत्यावश्यक वस्तुहरूको उत्पादन नेपालभित्र हुन छोडेकोमात्र होइन कि कृषि उपजमा नै ह्रास भइरहेको छ । आधारभूत औद्योगिक वस्तुहरू नेपालमा उत्पादन हुन छोडेको दशकौं भइसकेको कारणले यी वस्तुको आपूर्ति आयातबाट गरिनु कुनै अनौठो कुरा होइन । तर, कृषि प्रधान भनेर चिनिने देशमा कृषिमूलक उद्योगहरूबाट उत्पादन हुने वस्तुहरूको मात्र आयात हुने होइन कि कृषि उपजको नै आयात हुने गरेको छ । नेपालको अर्थतन्त्र करीब करीब आत्मनिर्भर उन्मुख हुन लागिरहेको बखत सरकारले निजीक्षेत्रलाई सक्षम र उत्पादनमूलक बनाउन सकेन । निजीक्षेत्रलाई प्रोत्साहित गर्ने वातावरणको सृजना हुन सकेन । अनगिन्ती बैंक तथा वित्तीय संस्थाहरू खुले । तर, यिनीहरूको लगानी उत्पादन क्षेत्रमा हुन सकेन । आन्तरिक र बाह्य क्षेत्र दुवै लगानीकर्तालाई उत्पादनमूलक क्षेत्रमा आकर्षण गर्ने वातावरण सृजना गर्न सरकार असफल रह्यो । बाह्य क्षेत्रको पूँजी नेपालमा परिचालन हुन सकेन । दुवै छिमेकी मुलुकहरू भारत र चीनमा १९९० को दशकदेखि नै बाह्य लगानी भित्रिरहेको छ । तर, नेपालले विश्वव्यापीकरणबाट फाइदा लिन सकेन जुन छिमेकी मुलुकहरूले लिइरहेका छन् । बाह्य स्रोतको परिचालनका लागि आवश्यक पर्ने अरू देशहरूसँग सोही प्रकारको कूटनीतिक पहल हुन सकेन । बाह्य स्रोत चीन र भारतमा भित्रिइरहेको अवस्थामा यसका निमित्त के नेपाल उर्वर थिएन ? निश्चय पनि थियो र छ । उत्तर भारतका बासिन्दाहरूलाई नेपालमा उत्पादित वस्तु उपभोगका लागि सस्तो र सरल पर्न सक्छ । भारतको ५० प्रतिशतभन्दा बढी जनसंख्याको बसोवासको थलो उत्तरी भारत नै रहेको छ । त्यसैले भारतीय कम्पनीले नेपालमा उत्पादन गरिरहेको कस्मेटिकका सामानहरू नेपालका साथै भारतमा पनि खपत भइरहेको छ । यदि नेपालले प्रतिस्पर्धात्मक तवरबाट औद्योगिक वस्तुहरू तराई क्षेत्रमा उत्पादन गर्ने वातावरण सृजना गर्ने हो भने उत्तरी भारतका बासिन्दाले नेपालमा उत्पादित वस्तुको उपभोग गर्ने कुरामा शंका नै हुँदैन । अब आन्तरिक पूँजीको लगानीको कुरातर्फ लागौं । च्याउ उम्रिएजस्तै गरेर उम्रिएका बैंक तथा वित्तीय संस्थाहरूले नेपालमा उपलब्ध स्रोत उत्पादनमूलक क्षेत्रमा परिचालन गरिरहेका छैनन् । उपलब्ध पूँजीको परिचालन अनुत्पादक क्षेत्रमा भइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरू यही अनुत्पादक क्षेत्रबाट नाफा आर्जन गर्न सफल भएका छन् । बोनस वितरण गरिरहेका छन् । तर, आजकाल बैंक तथा वित्तीय संस्थाहरूको लगानी खुम्चिन पुगेको छ । यसका दुई कारण हुन सक्छन् । पहिलो, नेपालमा तरलताको अभाव भइरहेको छ । अवैध सम्पत्तिको भूमिगत वा अनौपचारिक कारोबार पनि हुन सक्छ । दोस्रो घरजग्गाको कारोबारमा आएको मन्दी हो । नेपालको अर्थतन्त्रमा उत्पादक क्षेत्र सुस्ताएको नौलो कुरा थिएन । आजकाल अनुत्पादक क्षेत्रमा भइरहेको लगानी पनि सुस्ताइरहेको छ । अवैध धनसम्पत्ति वैध बनाउन अनौपचारिक कारोबारमा तीव्रता आएको हुन सक्छ जसका कारण नेपाली अर्थतन्त्रमा तरलता अभावको जोखिम बढिरहेको छ । यही कारणले हुन सक्छ अवैध सम्पतिले वैधता प्राप्त नगरुन्जेलसम्म बैंक तथा वित्तीय संस्थाहरूले तरलताको अभाव सामना गरिरहनु परेन । अर्कोतिर घरजग्गा व्यवसायी अझ ठेट शब्दमा भन्दा घरजग्गा दलालहरूको कारोबारमा सुस्ती आइरहन सक्छ । सरकार आफै उत्पादनमूलक वस्तुहरूको उत्पादन गर्न उदासीन देखिन्छ । यसप्रकारको अर्थतन्त्रमा उत्पादक क्षेत्रको विकास भई आत्मनिर्भरताको परिस्थिति आशा गरिरहन सकिँदैन । लेखक अर्थशास्त्री हुन् ।

बेनीमा ‘कपडा बैंक’ स्थापना

घरमा प्रयोग नभएका लत्ताकपडा संकलन गरी खरिद गर्न नसक्ने गरिब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयमा कपडा बैंक स्थापना गरिएको हो।...

बेनीमा विपन्नलाई कपडा बैंक र अन्येष्टिका लागि निःशुल्क दाउरा दिने

विपन्न समुदायका व्यक्तिका लागि निःशुल्क कपडा प्रदान गर्ने उद्देश्यले कपडा बैँक स्थापना गर्ने भएको हो।...

नेपाल बैंकले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) विसं १९९४ कात्तिक ३० गते स्थापना भएको मुलुककै जेठो बैंक नेपाल बैंकले बुधबार ८५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव अवसरमा बैंकको भूगोलपार्कस्थित केन्दीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बैंकका नायब प्रमुख अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी, कर्मचारी तथा ग्राहक गरी १०४ जनाले रक्तदान गरे । नेपाल बैंकको आयोजना तथा लायन्स क्लब अफ काठमाडौंको सहयोगमा उक्त रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । बैंकले देशका विभिन्न भागमा आर्थिक, सांस्कृतिक, सामाजिक, सरसफाइ, शैक्षिक, स्वास्थ्य, वित्तीय साक्षरतालगायत विभिन्न सामुदायिक हित संरक्षणका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्ने र सामाजिक कार्यमा संलग्न संस्थालाई आर्थिक तथा अन्य सहयोग गर्दै आएको छ । बैंकले वार्षिकोत्सव अवसरमा प्रादेशिक कार्यालय प्रदेश १ अन्तर्गत सुनसरीको इटहरी उपमहानगर–१४ स्थित पार्वती माध्यमिमक विद्यालयलाई १० थान सिलिङ पंखा र २ थान स्टिल दराज वितरण गरेको छ । यस्तै, मोरङको सुन्दर हरैचामा अवस्थित रणकाली मन्दिर दर्शनमा आउने भक्तजनको सुविधाका लागि १०० थान प्लास्टिक कुर्र्सी, प्रादेशिक कार्यालय प्रदेश २ अन्तर्गत वीरगञ्ज महानगरमा अवस्थित मानवसेवा आश्रममा आश्रितका लागि जाडोमा लगाउन मिल्ने ७५ थान ट्रयाक सुट र खाद्य सामग्री वितरण गरेको छ । बैंकले पर्साको लक्ष्मी गाउँपलिकामा रहेको दलित बस्तीका २५३ परिवारलाई जाडोका कपडा कम्बल वितरण गर्नुका साथै प्रादेशिक कार्यालय गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगर–१७ बिरौटा र वडा–२५ हेम्जामा रहेको मानवसेवा आश्रममा बस्ने आश्रितका लागि न्याना कपडा वितरण गरेको छ । बैंकले प्रादेशिक कार्यालय लुम्बिनी प्रदेशअन्तर्गत बुटवल उपमहानगरमा रहेको मानवसेवा आश्रममा आश्रितका लागि खाद्यान्न सामग्री वितरण, प्रादेशिक कार्यालय सुदूरपश्चिम प्रदेशअन्तर्गत धनगढी उपमहानगरस्थित दृष्टि धनगढीलाई लोबेड, बेडिङ र बालबालिकका लागि न्यानो कपडा वितरण गरेको जनाएको छ । यस्तै, धनगढीस्थित माानवसेवा आश्रम धनगढीका आश्रितलाई खाद्य सामग्री वितरण, कञ्चनपुरको महेन्द्रनगरमा अवस्थित बालआश्रममा रहेका आश्रित बालबालिकालाई न्याना कपडा वितरण गरिएको बैंकले बताएको छ । कार्यक्रममा बैंकमा २० वर्षभन्दा बढी सेवा गरेका विभिन्न कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत श्री कृष्णबहादुर अधिकारीले प्रशंसापत्र वितरण गरेका थिए ।