राणाकाल भएको भए धरहराको नाम केपी टावर हुन्थ्यो : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले  राणाकाल भएको भए धरहराको नाम केपी टावर हुने बताएका छन् ।  नवनिर्मित धरहरा उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले अहिले राणाकाल भएको भए धरहराको नाम केपी टावर हुने बताए ।  उनले भने,'अहिले राणाकाल भएको भए धरहराको नाम केपी टावर हुन्थ्यो । मेयर शाक्यले अहिले काठमाडौं सफा र स्वच्छ देखिएको समेत बताए । मेयर शाक्यले भने, ‘चुनावअघि हिलो र धुलो काठमाडौं अहिले सफा र स्वच्छ देखिएको छ ।’