गरिमा  विकास बैंकको साधारण सभा मंगलवार, सहारा विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव

भदौ १४, काठमाडौं । गरिमा विकास बैंकको साधारण सभा मंगलवार हुने भएको छ ।  कम्पनीले सभा बिहान १० बजे प्रधान कार्यालय लाजिम्पाटमा हुने जानकारी दिएको छ ।कम्पनीले सभाबाट सहारा विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । प्राप्तिपछि  गरिमा विकास बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई १ : १ अनुपातमा प्राप्ति गर्न लागेको हो ।  उक्त साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका भदौ ९ गते बन्द भएको छ । यस आधारमा भदौ ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । सहारा विकास बैंकलाई प्राप्तिपछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार पुग्नेछ । 

सम्बन्धित सामग्री

गरिमा विकास बैंकको साधारणसभा आह्वान, बोनसपछि थप १ लाख कित्ता शेयर निष्काशन गर्ने

गरिमा विकास बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले चैत्र १८ गते शुक्रबार पोखराको बिरौटा स्थित होटेल ग्राण्ड पोखरामा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकएल आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  १६ प्रतिशतले हुन आउने त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे र पैसा एकासी मात्र बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश साधारणसभामा बितरण हुने छ। गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोवार सम्पन्न गर्दाको दिन भन्दा पछाडि शेयर किन्नेले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने छ । त्यस्तै बैंकले सहारालाई गाभेपछि संस्थापक शेयरधनीको स्वामित्व ५१ प्रतिशत कायम राख्नको लागि  १ लाख ९ हजार ८ सय ११ कित्ता थप संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव सभामा लैजाने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ४ गतेदेखि चैत्र १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  ।  चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव ; सामान्य प्रस्तावहरु (१) अध्यक्षज्यू को मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने । (२) लेखापरीक्षकको प्रतिवेदन सहितको गरिमा विकास बैंक लिमिटेड तथा साविक सहारा विकास बैंक लिमिटेडको २०७८ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण पारित गर्ने । (३) लेखापरीक्षण समितिको सिफारिश बमोजिम गरिमा विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गर्न तथा साविक सहारा विकास बैंक लिमिटेडको मिति २०७८/०७/२७ गते सम्मको वित्तीय विवरण प्रमाणित गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।विशेष प्रस्तावहरु (१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साविक सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात हाल कायम चुक्ता पुँजी रु.३,९४,८१,८३,१०५।०८ (अक्षरेपी तीन अर्व चौरानब्बे करोड एकासी लाख त्रियासी हजार एक सय पाँच रुपैयाँ र पैसा आठ मात्र) को १६ प्रतिशतले हुन आउने रकम रु.६३,१७,०९,२९६।८१ (अक्षरेपी त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे रुपैयाँ र पैसा एकासी मात्र) बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । साथै, बोनस शेयर जारी गर्दा दशमलव पछिको शेयर (Fraction Share) अंकलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने । (गरिमा विकास बैंक लिमिटेडमा साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकीकृत कारोबार गरिएको सन्दर्भमा प्रस्तावित लाभांशमा तिर्नु पर्ने कर मिति २०७८ कार्तिक २८ गते कायम शेयरधनीहरुको हकमा छुट पाउने भएकाले सो मिति भन्दा पछाडी दोस्रो बजारबाट शेयर खरिद बिक्री भई कायम शेयरधनीहरुले प्रस्तावित लाभांश बापत नियमानुसार तिर्नु बुझाउनु पर्ने लाभांश कर नगदै भुक्तान गर्नु पर्नेछ ।)(२) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा रहेको व्यवस्था बमोजिम विकास बैंकको चुक्ता पुँजीको कम्तिमा ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक समूहका शेयरधनीहरुको हुनुपर्नेमा गरिमा विकास बैंक लिमिटेडमा साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई शेयर अभिलेखन हुँदा संस्थापक शेयरधनीहरुको स्वामित्व ५१ प्रतिशत कायम नहुने अवस्था सिर्जना भएकोले नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायको स्वीकृति प्राप्त गरी विकास बैंकले प्रस्ताव गरेको बोनश शेयर वितरण पश्चात कायम हुने कूल चुक्ता पुँजीको ५१ प्रतिशत संस्थापक शेयर कायम हुने गरी अपुग १०९,८११ कित्ता संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने । (३) विशेष प्रस्ताव नं. (१) र (२) पारित भए बमोजिम हुने गरी विकास बैंकको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।(४) गरिमा विकास बैंक लिमिटेड र अन्य ईजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था (हरु) एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा गरिमा विकास बैंक लिमिटेडले अन्य बैंक तथा वित्तीय संस्था(हरु) प्राप्ति गर्ने (Acquisition) सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्था(हरु) खोजी गर्न, उपयुक्त लागेको बैंक तथा वित्तीय संस्था संग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमतिपत्र (Memorandum of Understanding) तयार गरी हस्ताक्षर गर्न, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (Due Diligence Audit) गर्ने मूल्यांकनकर्ता लेखापरीक्षक नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न र निजबाट बैंकको सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (Due Diligence Audit) गराउने, तथा गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धमा नियमनकारी निकायहरुसँग सहमति लिने, गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धी कार्यको लागि प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भएमा सो समेत गर्ने लगायतका सम्पूर्ण प्रकृया अवलम्बन गरी एक आपसमा गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । (५) विकास बैंकको प्रवन्धपत्रमा भएका संशोधनको स्वीकृति लिने क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायबाट फेरबदल, परिमार्जन, थपघट तथा संशोधन गर्नको लागि निर्देशन प्राप्त भएमा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

गरिमा विकास बैंकको लाभांश घोषणा

गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। कम्पनीले १६ प्रतिशतले हुन आउने त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे र पैसा एकासी मात्र बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश साधारणसभामा बितरण हुने छ। गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोवार सम्पन्न गर्दाको दिन भन्दा पछाडि शेयर किन्नेले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने छ । कम्पनीले भनेको छ 'गरिमा विकास बैंक लि.को आ.व. २०७७/०७८ को संचित मुनाफा तथा शेयर प्रिमियमबाट रु.६२०,१६६,२९३।४४ (संचित मुनाफा रु.६२०,०६९,२२५/२६ तथा शेयर प्रिमियम रु.९७,०६८।१८) तथा साविक सहारा विकास बैंक लि. को आ.व. २०७७/०७८ को संचित मुनाफा तथा शेयर प्रिमियमबाट रु.११,५४३,००३।३७ (संचित मुनाफा रु.४,८७४,७५१।३७ तथा शेयर प्रिमियम रु.६,६६८,२५२।००) समेत कूल रकम रु.६३१,७०९,२९६.८१ बराबरको रकम जस अनुसार गरिमा विकास बैंक लि. को साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति पूर्वको चुक्ता पूँजी रु.३,६७५,९१२,५०१।०८ (अक्षरेपी तीन अर्व सतसट्टी करोड उन्साठी लाख बाह्र हजार पाँच सय एक रुपैया र पैसा आठ मात्र) तथा साविक सहारा विकास बैंक लि. को चुक्ता पूँजी रु.२७२,२७०,६०४।- (अक्षरेपी सत्ताइस करोड बाइस लाख सत्तरी हजार छ सय चार मात्र) समेत विकास बैंकको हाल कायम चुक्ता पूँजी रु.३,९४८,१८३,१०५.०८ (अक्षरेपी तीन अर्व चौरानब्बे करोड एकासी लाख त्रियासी हजार एक सय पाँच रुपैंया पैसा आठ मात्र) को १६ प्रतिशत अर्थात रु.६३१,७०९,२९६.८१ (अक्षरेपी त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे र पैसा एकासी मात्र) बोनश शेयर गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति हुने क्रममा सम्पन्न अन्तिम सम्झौता अनुरुप सहारा विकास बैंक लिमिटेड गरिमा विकास बैंक लिमिटेडमा प्राप्ति भए पश्चात गरिमा विकास बैंक लिमिटेडमा हाल कायम शेयरधनीहरुलाई वितरणको लागि प्रस्ताव गर्ने निर्णय भयो । गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोवार सम्पन्न गर्दाको दिन भन्दा पछाडि दोस्रो बजारबाट शेयर कारोबार भई कायम शेयरधनीहरुले प्रचलित आयकर ऐन बमोजिम लाभांश (बोनश शेयर) बापत तिनुपर्ने कर सम्बन्धित शेयरधनीहरुबाट नगदै जम्मा गराई भुक्तानी गर्ने समेत निर्णय गरेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु ।'

सहारा विकास बैंकको संयुक्त साधारण सभा भदौ १२ गते

साउन २४, काठमाडौं । सहारा विकास बैंक लिमिटेडले संयुक्त साधारण सभा भदौ १२ गते हुने भएको छ । कम्पनीले आठौँ, नवौं र दशौं वार्षिक साधारण सभा उक्त मितिमा बोलाएको हो । सभा होटल कुसुम एण्ड पार्टी प्यालेस, मंगलावा, सर्लाहीमा बिहान १०:३० बजे शुरु हुने कम्पनीले बताएको छ । कम्पनीको साउन २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।  साधारण सभाको प्रस्तावमा सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने सम्बन्धि प्रस्ताव पारित गर्ने रहेको छ । त्यसैगरी, सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने प्रयोजनका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन लगायतका प्रस्तावमा छलफल गरी पारित गर्नेछ ।  साथै, सभाले सञ्चालक समितिको प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, तीन वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ । बैंकको शेयरधनी दर्ता पुस्तिका साविक देव विकास बैंकसँग गाभ्ने  गाभिने प्रयोजनको लागि २०७४ जेठ २६ गतेदेखि रोक्का रहेकाले सो मितिको अघिल्लो दिनसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

आज यी ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले आज तीन कम्पनीको बोनस शेयर सुचिकृत गरेको छ । आज सुचिकृत भएकाहरु प्राइम कमर्शियल बैंक, गणपति लुघवित्त वित्तीय संस्था र सहारा विकास बैंक रहेका छन् । जसमध्ये प्राइम बैंकको १५ प्रतिशत अर्थात २ करोड ९ लाख ७७ हजार ८७४ कित्ता बोनस, गणपति लघुवित्तको १ लाख ६६ हजार ११७ कित्ता […]

गरिमाले सहारा विकास बैंकलाई एक्वायर गर्ने

गरिमा विकास बैंकले सहारा विकास बैंक एक्वायर गर्ने भएको छ । सर्लाहीको मलंगवामा रहेको सहारालाई प्राप्ति गर्ने सम्झौंतापत्रमा हस्ताक्षर भएको छ ।अहिले गरिमाको अधिकृत पुँजी ५ अर्ब र जारी तथा चूक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ छ भने सहाराको अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता […]

गरिमाले सहारा विकास बैंकलाई एक्वायर गर्ने

गरिमा विकास बैंकले सहारा विकास बैंक एक्वायर गर्ने भएको छ । सर्लाहीको मलंगवामा रहेको सहारालाई प्राप्ति गर्ने सम्झौंतापत्रमा हस्ताक्षर भएको छ ।अहिले गरिमाको अधिकृत पुँजी ५ अर्ब र जारी तथा चूक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ छ भने सहाराको अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता […]

गरिमाले सहारा विकास बैंकलाई एक्वायर गर्ने, वैशाख १ गते भित्र एक्वायर सक्ने सहमति

काठमाडौं। गरिमा विकास बैंकले सहारा विकास बैंक एक्वायर गर्ने भएको छ। सर्लाहीको मलंगवामा रहेको सहारालाई प्राप्ति गर्ने सम्झौंतापत्रमा शुक्रबार