साउन २४, काठमाडौं । सहारा विकास बैंक लिमिटेडले संयुक्त साधारण सभा भदौ १२ गते हुने भएको छ । कम्पनीले आठौँ, नवौं र दशौं वार्षिक साधारण सभा उक्त मितिमा बोलाएको हो ।
सभा होटल कुसुम एण्ड पार्टी प्यालेस, मंगलावा, सर्लाहीमा बिहान १०:३० बजे शुरु हुने कम्पनीले बताएको छ । कम्पनीको साउन २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाको प्रस्तावमा सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने सम्बन्धि प्रस्ताव पारित गर्ने रहेको छ । त्यसैगरी, सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने प्रयोजनका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन लगायतका प्रस्तावमा छलफल गरी पारित गर्नेछ ।
साथै, सभाले सञ्चालक समितिको प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, तीन वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।
बैंकको शेयरधनी दर्ता पुस्तिका साविक देव विकास बैंकसँग गाभ्ने गाभिने प्रयोजनको लागि २०७४ जेठ २६ गतेदेखि रोक्का रहेकाले सो मितिको अघिल्लो दिनसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।