गरिमाले सहारालाई गाभेपछि एकिकृत कारोबार मिति तय, ४ वर्षदेखि रोक्का कारोबार फुकुवा हुदै

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले सहारा विकास बैंकलाई गाभेपछि आगामी कार्तिक २८ गतेबाट एकिकृत कारोबार हुने भएको छ  । गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार हुने भएको हो  ।नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई कार्तिक १ गते मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो  । बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि स्वीकृति पाई सकेको छ । सहारा विकास बैंक लिमिटेडको प्राप्ति हुने अघिल्लो दिनसम्म कायम रहेको लेखामा उल्लेखित मूल्यमा सम्पूर्ण चलअचल सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्राप्ति (एक्विजिशन) गर्ने संस्था गरिमा विकास बैंक लिमिटेडले व्यहोर्ने, सकार्ने एवं प्राप्ति हुने कम्पनीबाट हाल सम्म भए गरेका सम्पूर्ण कारोबार प्राप्ति (एक्विजिशन) गर्ने कम्पनीबाट भए गरेको मानिने तथा प्राप्ति हुने कम्पनीले जारी गरेका शेयर/प्रमाणपत्र प्राप्ति (एक्विजिशन) गर्ने कम्पनीमा रुपान्तरण हुने एवं प्राप्ति हुने कम्पनीले गरेका करारहरु प्राप्ति (एक्विजिशन) गर्ने कम्पनीले नै गरे सरह कायम रहने र गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भए पश्चात (गरिमा विकास बैंक लिमिटेड Garima Bikas Bank Ltd.) ('ख' वर्ग, राष्ट्रियस्तर) को नामबाट एकिकृत कारोबार हुने भएको हो ।  प्राप्ति (एक्विजिशन) पश्चात बैंकको केन्द्रीय (रजिष्टर्ड) कार्यालय काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.२, लाजिम्पाटमा रहने छ ।गरिमाको भदौ १५ गते मंगलबारको विशेष साधारणसभाले सहारालाई प्राप्ति गर्न प्रस्तव पारित गरेको थियो  ।  सहारा विकास बैंक १:१ को स्वाप अनुपातमा गरिमा विकास बैंकमा गाभिने लागेको हो । अर्थात् हाल सहारा विकास बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले एकिकृत कारोबारपछि गरिमाको पनि १०० कित्ता शेयर नै पाउने छन् ।नेप्सेमा सहारा विकास बैंकको कारोबार ४ वर्षदेखि रोक्का रहेको छ । सुरुमा देव विकास बैंकले सहरा विकास बैंकलाई गाभ्न लागेको थियो । तर त्यो प्रक्रिया रद्द भएको थियो । त्यसपछि गरिमाले बैंकलाई गाभ्न लागेको हो । एकिकृत कारोबार सुरु भए भएपछि सहारा विकास बैंकका शेयरधनिहरुसंग रहेको शेयर नेप्सेमा गरिमाको नाममा सुचिकृत भएपछि लगानीकर्ताले शेयर किनबेच गर्न सक्ने छन् ।

सम्बन्धित सामग्री

मर्जर र प्राप्ति प्रयोजनका लागि नेप्सेले रोक्यो आठ कम्पनीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आठ कम्पनीहरूको शेयर कारोबार रोक्का गरेको छ । मर्जर र प्राप्ति प्रयोजनका लागि नेप्सेले लक्ष्मी बैंक, सन्राइज बैंक, नेशनल माइक्रोफाइनान्स, समीट लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, प्रभु लाइफ, विजय लघुवित्त र नयाँ सारथी लघुवित्तको शेयर कारोबार रोक्का गरेको हो । नेपाल धितोपत्र बोर्डले मर्जर र प्राप्ति प्रयोजनका लागि गरेको पछिल्लो व्यवस्था बमोजिम मर्जर प्रयोजनका लागि मर्जरमा जाने सबै कम्पनी र प्राप्ति प्रयोजनका लागि प्राप्ति हुने कम्पनीको मात्र शेयर कारोबार रोक्का हुनेछ । सोही व्यवस्था बमोजिम प्राप्ति प्रयोजनका लागि आशा लघुवित्तले प्राप्ति गर्न लागेको राष्ट्र उत्थान लघुवित्तको मात्र शेयर कारोबार रोक्का भएको हो भने बाँकी सात कम्पनीको मर्जर प्रयोजनका लागि कारोबार रोकिएको हो । प्रभु लाइफसँग मर्जरमा गएको महालक्ष्मी लाईफ इन्स्योरेन्स भने दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी हो । नेप्सेले लक्ष्मी बैंक,सन्राइज बैंक र प्रभु लाइफको असार २९ गतेदेखि लागू हुने गरी शेयर कारोबार रोक्का गरेको छ । लक्ष्मी बैंक र सन्राइज बैंक तथा प्रभु लाइफ र महालक्ष्मी लाइफले मर्जर प्रक्रिया पुरा गरी असार २९ गतेदेखि एकिकृत कारोबार सुरू गरेसँगै शेयर कारोबार रोकिएको हो । त्यस्तै नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तले असार ३० गतेदेखि एकिकृत कारोबार सुरू गर्दैछन् । यसर्थ असार ३० गतेदेखिनै लागू हुने गरी यी दुई सूचीकृत कम्पनीको शेयर कारोबार समेत नेप्सेले रोकेको छ । राष्ट्र उत्थान लघुवित्त र आशा लघुविले प्राप्ति प्रक्रिया पुरा गरी असार ३१ गते एकिकृत कारोबार सुरू गर्दैछन् भने विजय लघुवित्त र सारथी लघुवित्तले समेत असार ३१ गतेदेखिनै एकिकृत कारोबार अघि बढाउन लागेका छन् । यी चार कम्पनीको शेयर कारोबार असार ३१ गतेदेखि लागू हुने गरी नेप्सेले रोक्का गरेको हो । यी कम्पनीहरूको शेयर कारोबार रोक्का भएको मितिदेखि बढीमा १५ कारोबार दिनमात्र रोक्का हुनेछ । मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय शेयर कारोबार रोक्का हुन थालेपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कमार हमालको विशेष पहलमा मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ गत कात्तिक २४ गतेदेखि लागू गरिएको हो । उक्त निर्देशिकामा एकिकृत कारोबार सुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र कारोबार रोक्का हुने व्यवस्था छ । सो व्यवस्था लागू भएपछि लामो समय शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको छ । त्यस अघि कम्पनीहरूले मर्जर तथा प्राप्ति सम्बन्धि प्रारम्भिक सम्झौता गरेसँगै रोक्का शेयर कारोबार एकिकृत कारोबार भई दोस्रो बजारमा शेयर सूचीकृत हुदाँसम्म रोक्का हुने व्यवस्था थियो । जसका कारण वर्षौ सम्म शेयर कारोबार रोक्का हुने समस्या थियो ।  कारोबार रोक्का रहेका कम्पनी

अब मर्जर प्रक्रियामा रहेका कम्पनीको १५ दिन मात्रै सेयर कारोबार रोक्का

२४ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर रोक्का हुने व्यवस्था खारेज गरेको छ । बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी अब मर्जर हुँदा साधारण सेयरधनीको सेयर कारोबार एकिकृत कारोबार हुँदा १५ दिन मात्रै रोक्का हुने भएको छ । तर, […]

मर्जरमा जाने कम्पनीको सेयर कारोबार १५ दिन मात्र रोक्का हुने

काठमाडौं । मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर १५ दिनमात्र रोक्का राख्ने गरी नेपाल धितोपत्र बोर्डले मस्यौदा बनाएको छ । बोर्डले संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७९ को प्रारम्भिक मस्यौदामा १५ दिन मात्र रोक्का हुने व्यवस्था गरेको हो । यसअघि मर्जर तथा प्राप्तिको लागि सहमति भएपछि एकिकृत कारोबार नभइन्जेलसम्म सम्बन्धित कम्पनीको सेयर […]

नेप्सेमा इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको शेयर कारोबार रोक्का भएको छ । गत शुक्रबार दुवै बैंकले एक आपसमा मर्जमा जाने सम्झौता गरेसंगै नेप्सेमा कारोबार रोक्का भएको हो ।  सम्झौताअनुसार  मर्ज पछि बन्ने बैंकको नाम 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक' रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन्  । त्यस्तै १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००:९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ। बैंकहरु मर्जमा जाँदा कारोबार रोक्का नहुने ब्यबस्था गर्नु पर्ने माग उठिरहेको बेला समयमा कानुनी निकास नहुँदा यी २ बैंकको कारोबार रोक्का हुन पुगेको हो ।  नेपाल धितोपत्र बोर्डले पनि कम्पनीहरु मर्जमा जाँदा लामो समय कारोबार रोक्का नहुने ब्यबस्था गर्ने प्रतिवद्धता जनाईसकेको छ ।

इन्भेष्टमेन्ट र हिमालयन बैंकको सेयर कारोबार रोक्का

काठमाडौं, १४ साउन । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको को सेयर कारोबार असोजसम्म रोक्का हुने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको जनाएको छ । दुई बैंकले गत बैशाख ३० गते मर्जरको सम्झौता गरेसँगै दुई कम्पनीको हाल (नेप्से) ले दुवै बैंकको सेयर कारोबार रोक्का […]

हिमालयन र इन्भेष्टमेन्टको सेयर कारोबार रोक्का

काठमाडौं। नेपाल स्टक एक्सचेञ्जले हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबारमा रोक लगाएको छ। यी दुई बैंकले हिजो (वैशाख ३०) गते मर्जरको सम्झौता गरेका छन्। सम्झौता भएपनि दुई बैंकबीच मर्जको काम सकिएको छैन। प्राविधिक र व्यवहारिकरुपमै मर्ज नहुँदासम्मलाई नेप्सेले कारोबार रोकेको हो। दुई कम्पनीको एकिकृत कारोबार सुरु भएपछि मात्रै सेयर कारोबार खुल्ने छ।