नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षका लागि तीन नेता मुख्य दौडमा रहेका छन् । दोलखाका विशाल खड्का, काभ्रेका दिनानाथ गौतम र सिन्धुपाल्चोकका सरल सहयात्री प्रदेश अध्यक्षको बन्ने दौडमा रहेका हुन् । उनीहरुले आफ्नो पक्षमा माहोल तयार गर्न तीव्र लबिङ गर्दै आएका छन् । माओवादीमा सहमतिबाट नै नेतृत्व चयन गरिने हुँदा उनीहरुले आफ्नो पक्षमा माहोल बनाउन लबिङ थालेका हुन् । प्रदेशसभा सदस्य समेत समेत रहेका खड्का तीन कार्यकाल जिल्ला अध्यक्ष भइसकेका छन् । पार्टीमा योगदानको मूल्यांकन गर्दै युवा पुस्