राष्ट्रिय अपाङ्ग महासंघको बागमती प्रदेश अधिवेशन हेटौंडामा

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको अधिवेशन हेटौंडामा हुने भएको छ । प्रदेश समितिको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन हेटौंडामा आगामी मंसिर २४ र २५ गते हुने भएको हो । अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।अधिवेशनमा मतदान गर्नुपर्ने अवस्था आएमा अपाङ्गता भएका व्यक्तिहरूकोे विविधतालाई मध्यनजर गर्दै पहुँचयुक्त विद्युतीय भोटिङ मेसिन प्रयोग गरी मतदान गर्ने व्यवस्था मिलाइने महासंघ बागमती प्रदेश अध्यक्ष अस्विन लम्सालले बताए ।आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा अध