फिनल्याण्ड उत्तर एटलान्टिक सैन्य संगठन नाटोमा आबद्ध

एजेन्सी । फिनल्यान्डले उत्तर एटलान्टिक सैन्य संगठन नाटोमा आबद्ध भएको छ । विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धन नाटोमा आबद्ध हुने फिनल्याण्ड ३१ औं सदस्य बनेको हो । नाटो महासचिव जेन्स स्टोल्टेनबर्गले फिनल्याण्ड आबद्ध भएसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नाटोको विस्तार रोक्न असफल भएको टिप्पणी गर्नुभएको छ । उत्तर युरोपेली मुलुकहरुमा स्वडेन पनि नाटो सदस्य बन्ने […]

सम्बन्धित सामग्री

रुसको चेतावनीका बाबजुद नेटो सदस्यताबारे चाँडै निर्णय लिने तयारीमा फिनल्याण्ड

पश्चिमा सैन्य संगठन नेटोको सदस्यताका लागि आवेदन दिन–नदिनेबारे आफ्नो देशले अबको केही हप्तामै निर्णय लिने फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले बताएकी छन् । स्वीडेनकी प्रधानमन्त्री माग्दालेना एन्डर्सनसँगको संयुक्त पत्रकार सम्मेलनमा फिनिस प्रधानमन्त्री मरिनले नेटो सम्बन्धी निर्णयका लागि ढिलाइ गर्नु पर्ने कुनै कारण नरहेको बताएकी हुन् । नेटो सम्बन्धी निर्णयले फिनल्याण्ड र रुसको सीमा क्षेत्रमा तनाव बढ्न […]

नेटोको सदस्यता नलिन स्वीडेन र फिनल्याण्डलाई रुसको चेतावनी

काठमाडौं । रुसले युरोपेली राष्ट्रहरु फिनल्याण्ड र स्वीडेनलाई पश्चिमा सैन्य संगठन नेटोमा सामेल नहुन चेतावनी दिएको छ। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले नेटोमा आवद्ध हुने तयारीमा रहेका फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने भन्दै त्यस्तो चेतावनी दिएको हो । नेटो संगठन टकराव निम्त्याउने माध्यमका रुपमा रहेको भन्दै रुसले गत फेबु्रअरी २४ […]

फिनल्याण्ड र स्वीडेनलाई रुसको चेतावनी–नेटोमा सामेल भए युरोपमा स्थिरता आउँदैन

रुसले पश्चिमा सैन्य संगठन नेटोमा सामेल हुने तयारीमा रहेका फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिएको छ । उनीहरु नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी रुसले दिएको हो । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले नेटो संगठन टकराव निम्त्याउने माध्यमका रुपमा रहेको आरोप लगाएका छन् । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि सैन्य आक्रमण गर्दै आएको […]