पाँच वर्षमा ४२ किमी पक्की सडक

राँझा । बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधिमा ४२ किलोमिटर पक्की सडक निर्माण भएको छ । सडक निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाएको र अन्य केही सडक निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले वार्षिकरुपमा १६ किमी पक्की सडक निर्माण गर्ने लक्ष्य लिए पनि कोरोना […]

सम्बन्धित सामग्री

गण्डकीमा सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकता

गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ ।

गण्डकीमा एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण

गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ।

एक वर्षमा दुई सय ७२ किमी पक्की सडक

मनहरी (मकवानपुर), २७ पुस । बागमती प्रदेश सरकारको एक वर्षे अवधिमा दुई सय ७२ किलोमिटर पक्की सडक निर्माण गरिएको छ भने एक सय ५९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण तथा स्तरोन्नति भएको जनाइएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले एक वर्षको अवधिमा सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै पूर्वाधार क्षेत्रमा […]

पक्की सडकमा नागरिकको पहुँच बढाइने

काठमाडौँ,१३ कार्तिक । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा आधा घण्टाभित्र पक्की सडक पुग्ने जनसङ्ख्या ७५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरिएको पार्टीको सङ्कल्प पत्रमा राष्ट्रिय पूर्वाधार रणनीतिमा आयोजनाको पहिचान, प्राथमिकीकरण, पाइपलाइन, लगानीका वित्तीय उपकरणको यथोचित प्रयोग, संस्थागत संरचना, निगरानी तथा मूल्याङ्कनजस्ता विषयलाई समेटिएको […]

पाँच वर्षमा ४२ किमी पक्की सडक

काठमाडौँ,१८ जेठ ।बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधिमा ४२ किलोमिटर पक्की सडक निर्माण भएको छ । सडक निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाएको र अन्य केही सडक निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले वार्षिकरुपमा १६ किमी पक्की सडक निर्माण गर्ने लक्ष्य लिए पनि कोरोना […]

बाँकेको खजुरामा ५ वर्षमा ४२ किमी पक्की सडक निर्माण

जेठ १८, बाँके । बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधिमा ४२ किलोमिटर पक्की सडक निर्माण भएको छ ।  सडक निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाएको र अन्य केही सडक निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिए ।  उनका अनुसार गाउँपालिकाले वार्षिकरुपमा १६ किमी पक्की सडक निर्माण गर्ने लक्ष्य लिए पनि कोरोना महामारीका कारण लक्ष्य भेटाउन कठिनाइ भएको छ । ‘स्थानीय सरकारसँग जनताको पहिलो अपेक्षा हिलाम्मे र धुलाम्मे हुने बाटाको स्तरोन्नति थियो । यसलाई बुझेर गाउँपालिकाले हरेक वर्ष १६ किमी सडक निर्माण र स्तरोन्नति गर्ने लक्ष्य निर्धारण ग¥यो’, उनले भने, ‘सडक निर्माणलाई गाउँपालिकाको गौरवकै योजनाका रुपमा अघि बढाएको खजुराले लिएको लक्ष्य भेट्टाउन कोरोना महामारीले अवरोध सिर्जना गरे पनि गाउँपालिकाले पाँच वर्षमा ४२ किलोमिटर सडक पिच गरिसकेको छ भने अझै आठ किमी सडक निर्माण गर्ने योजना चलिरहेका छन् ।’ गाउँपालिकाका ग्रामीण बस्तीभित्रका सडक पनि कालोपत्रे, पीसीसी र ग्राभेल गरिएका छन् । गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको स्तरोन्नति गरिएको छ ।  सबै वडामा सडक र नाली निर्माण भएका छन् । खजुरा बजार क्षेत्रमा सडक डिभिजनले चार लेन सडक निर्माण पनि धमाधम गरिरहेको छ । त्यसमा गाउँपालिकाले समन्वय गर्दै आइरहेको प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ । निर्वाचित जनप्रतिनिधि आइसकेपछि पूर्वाधारका क्षेत्रमा अत्यधिक काम भएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिका सडक विस्तार गर्न, स्तरोन्नति गर्न अन्य पालिकाभन्दा अब्बल रहेको गाउँपालिका योजना अधिकृत दिलबहादुर पौडेलको दाबी छ ।  गाउँपालिकाले बितेको पाँच वर्षमा सडक सँगसँगै पूर्वाधारतर्फ बहुउद्देश्यीय सभागृह, एक हजार ५०० मेट्रिक टन क्षमताको शीतभण्डार, १५ शय्याको अस्पताल, गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् । यी योजनाको काम ८० प्रतिशतभन्दा बढी भइसकेको उनले बताए । रासस

५ वर्षमा १० किमी सडक निर्माण

अमृत अर्याल, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा नगरपालिका स्थापना भएपश्चात् ५ वर्षको अवधिमा अहिलेसम्म जम्मा १० किलोमिटर पक्की सडक बनेको छ । संघीय तथा प्रदेश सरकारबाट कुनै योजना र अनुदान नपाएको यस नगरपालिकाले आफ्नै स्रोतबाट उक्त सडक निर्माण गर्न सम्भव भएको हो । अहिले चापाकोट नगरपालिका भित्रका कच्ची सडकलाई पक्की बनाउने अभियानमा नगर लागेको छ […]

काठेखोलामा ४ वर्षमा ७ हजार ४६ मिटर पक्की सडक निर्माण

असार २९, बागलुङ । काठेखोला गाउँपालिकामा जनप्रतिनिधिहरु आएपछि चार वर्षमा ७ हजार ४६ मिटर पक्की सडक निर्माण गरिएको छ । गाउँपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि पालिकाबाट वडा कार्यालय जोड्ने पक्की सडकको स्तरोन्नति गर्दै कालोपत्र गर्ने निर्णय अनुसार चार वर्षमा गाउँपालिकाको ८ ओटा वडामा १ हजार ५४६ मिटर सडक ढलान गरिएको र प्रदेश सरकारसँगको समन्वयमा हजार ५०० मिटर सडक कालोपत्र गरिएको गाउँपालिका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिए । उनले आर्थिक वर्ष २०७७/०७८ को जेठ मसान्तसम्म उक्त सडक निर्माण सम्पन्न भएको जानकारी दिए । गाउँपालिका अध्यक्ष थापाले वडा नम्बर १ मा ३२० मिटर, वडा नम्बर २ मा ७ सय मिटर, वडा नम्बर ३ मा १९१ मिटर, वडा नम्बर ४ मा १२५ मिटर, वडा नम्बर ७ मा ९० मिटर र वडा नम्बर ८ मा १२० मिटर सडक ढलान गरिएको बताए । उनले बर्खायाममा हिलाम्मे भएर यातायात सुचारु हुन नसक्ने र अफट्यारो स्थानमा ढलान गरिएको बताए ।  पहिलो चरणमा गाउँपालिका अन्तर्गतका मुख्य सडक बाह्रै महीना सञ्चालनमा आउने सक्ने गरी स्तरवृद्धि गर्ने र लगतै कालोपत्रको काम अघि बढाउने गाउँपालिका अध्यक्ष थापाले बताए । यस्तै गाउँपालिकाले गौरवको आयोजना अन्तरगत पालिकादेखि वडा कार्यालय जोड्ने सडक कालोपत्र गरेको छ । गाउँपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा जलजलादेखि रेश एक्लेफाँटसम्मको साढे ५०० मिटर सडक कालोपत्र भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । ८ ओटा वडा रहेको गाउँपालिकामा कालोपत्र भएको सडक नै पहिलो सडक खण्ड हो । गाउँपालिकाले निर्वाचनको पाँच वर्षभित्र गाउँपालिका केन्द्रदेखि प्रत्येक वडा कार्यालसम्मको सडकलाई कालोपत्र गर्ने घोषण गरेको थियो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि काठेखोलामा पहिलो पटक सडक पक्की गर्न थालिएको हो । अन्य वडाको कार्यालयसम्म जोड्न सडकको विस्तृत योजना प्रतिवेदन तयार गरेको छ । यस्तै गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा शाखा सडक निर्माण बन्द गर्ने भएको छ । गाउँपालिकाले पुरानै सडकलाई स्तोरन्नति गर्ने र नयाँ सडक निर्माणलाई स्वीकृति नदिने नीति तथा कार्यक्रममाबाट पारित गरेको छ ।  गाउँपालिकाको सवै वडामा सडक सञ्जाल पुगिसकेको र मुख्य सडकहरु गाउँपालिका केन्द्रदेखि वडा कार्यालयसम्मका सडकहरुलाई थप स्तरोन्नति गर्दै आव २०७८/०७९ बाट ग्रावेल, ढलान र कालोपत्र गर्ने कामलाई पहिलो प्राथमिकता दिएर नयाँ ट्रयाक खोल्नलाई निरुत्साहित गर्ने अध्यक्ष थापाले बताए ।

सबै निर्वाचन क्षेत्रमा पक्की सडक

आगामी तीन वर्षमा १६५ वटा निर्वाचन क्षेत्रमा गरी थप दुई हजार २१० किलोमिटर पक्की सडक निर्माण हुने भएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकवटा सडक आयोजना पर्ने गरी यी आयोजना छनोट गरिएको हो । यी सडकको कुल लागत ५७ अर्ब १० करोड रुपियाँ रहेको छ ।