फलेवास नगरपालिकाले अनुदानमा रिक्सा वितरण गर्दै

मंसिर ११, पर्वत । पर्वतको फलेवास नगरपालिकाले स्थानीयलाई अनुदानमा अटो रिक्सा वितरण गर्ने भएको छ । पालिकाको केन्द्र खानीगाउँबाट सबै वडामा पुग्ने गरि रिक्सा सञ्चालन गर्ने उदेश्य अनुरुप रिक्सा चलाउने नगरको योजना छ ।  एक वडाबाट अर्को वडासम्म जान सहज हुने र रिक्सा चलाएर बेरोजगारले आर्थिक उपार्जन गर्ने हेतुले रिक्सा अनुदानमा वितरण गर्न थालिएको नगरप्रमुख पदमपाणी शर्माले बताए । सातओटा अटो रिक्सालाई लगानीको ३० प्रतिशत अनुदानमा उपलब्ध गराउने गरी यो कार्यक्रम शुरु गर्न लागिएको शर्माले जानकारी दिए । नगरपालिकाको फलेवासदेखि मुडिकुवासम्मको सडक कालोपत्र भएको तथा ग्रामीण क्षेत्रका सडक पनि सहज अवस्थामा रहेका कारण अटो रिक्सा सञ्चालन गर्न लागिएको उनको भनाइ छ । ‘ग्रामीण क्षेत्रसहित मुडिकुवा र फलेवासमा हिँडडुल गर्नका लागि ट्याक्सीको उपलब्धता खासै छैन ।  सार्वजनिक सवारी पनि खासै नियमित नभएका कारण पनि नागरिकलाई सास्ती भयो । मान्छेले निजी सवारी किन्नैपर्ने बाध्यता देखियो’, उनले भने, ‘सम्पन्नसँग त अहिले पनि निजी सवारी छन्,‘ निजी किन्न नसक्नेलाई साह्रै कठिन छ । सातओटा अटो रिक्सा हालियो भने विभिन्न भेगलाई समेटेर सञ्चालन गर्न सकिएला ।’ फलेवास नगरपालिकाका विभिन्न वडाबाट सदरमुकाम कुश्मा दैनिकजसो जिप तथा बस छुट्ने गरे पनि एउटा वडाबाट अर्को वडामा जानुपर्ने अवस्थामा जिप रिजर्भ गर्नुपर्ने वा हिँडेर जानुपर्ने अवस्था छ । स्थानीयले सर्वसुलभ दर तथा आफूले चाहेकै समयमा गन्तव्यमा पु¥याइदिने सवारी नभएका कारण पनि नगरपालिकाले अटो रिक्सा सञ्चालन गर्न लागेको हो ।  अटो रिक्साका लागि बढीमा आठ लाखसम्मको लगानीका लागि अनुदान दिइने र त्यसका लागि झन्डै १७ लाख रुपैयाँ लगानी लाग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले बताए । अनुदान पाउन नगरपालिकाभित्रको स्थायी बासिन्दा हुनुपर्ने, विपन्न तथा बेरोजगार नागरिक भएको हुनुपर्ने, कम्तीमा पनि पाँच वर्षसम्म अटो रिक्सा सञ्चालन गर्नुपर्ने तथा विक्री वितरण गर्न नपाइने लगायतका नियम राखिएको छ । ‘यो कार्यक्रमबाट एक त नगरवासीलाई सर्वसुलभ सुविधा हुने भयो । भनेका वेला सवारी उपलब्ध हुने भयो,’ अधिकृत सापकोटा भन्छन्, ‘यसले बेरोजगारलाई रोजगारी दिने भयो । नगरका सडकमा बर्खा याममा अलि समस्या भए पनि हिउँदमा सरर सवारी चल्ने अवस्था छ ।’ अटो रिक्साको अनुदान लिएको व्यक्तिले कम्तीमा पाँच वर्षसम्म सञ्चालन नगरेमा वा त्यो अवधिभन्दा अगाडि नै बेचेमा नगरपालिकाबाट दिइएको अनुदानमा १० प्रतिशत हर्जाना जोडेर अनुदान रकम फिर्ता दिनुपर्ने सर्त राखिएको छ । पर्वत सदरमुकाम कुश्मा बजारमा एउटा मात्रै अटो रिक्सा सञ्चालनमा रहेको छ । सोही कारण त्यसको व्यवस्थापन, सञ्चालन, भाडादर कायम लगायतका विषय मिलाउन कार्यविधि निर्माणको काम भइरहेको अधिकृत सापकोटाले बताए । इच्छुक तथा मापदण्ड पुगेका नागरिकले खरीद गर्ने ती रिक्सा ४१० सीसी, ७ जनाको सिट क्षमता भएको तथा पेट्रोलबाट चल्ने इन्जिन भएको हुनुपर्ने भनिएको छ ।

सम्बन्धित सामग्री

अनुदानमा स्याउका बिरुवा वितरण

मनाङ, ८ असार । मनाङका कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरिएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखराबाट कृषि ज्ञान केन्द्र मनाङमार्फत ७५ प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको हो । निर्देशनालयले मनाङमा चालु आर्थिक वर्षमा १३ हजार पाँच सय ४० बिरुवा वितरण गरेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । […]

अनुदानमा कृषियन्त्र वितरण

देउखुरी, ६ असार । कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर, २० मिनी पावर टेलर, एउटा रोडाभेटर र दुई वटा थ्रेसर मेसिन उपलब्ध गराएको हो । कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउने […]

किसानलाई अनुदानमा कृषि उपकरण वितरण

त्रिवेणी, ३१ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेर व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कावासोती नगरपालिकाभित्र रहेका २२ वटा कृषक समूहमार्फत किसानका लागि विभिन्न प्रकारका कृषि उपकरण वितरण गरिएको कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताए। […]

कृषकलाई अनुदानमा मकैको बिउ वितरण

मोरङ – विराटनगर महानगरपालिकाले कृषकलाई अनुदानमा मकैको बिउ जिंक वितरण गरेको छ। महानगरको कृषि शाखाले आइतबार एक कार्यक्रम गरी महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा बिउ वितरण गरेको हो। यस क्रममा कृषकलाई हाइब्रिड मकैको बिउ र जिंक वितरण गरेको हो। कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन […]

किसानलाई अनुदानमा बीउ वितरण

कोहलपुर नगरपालिकाले अनुदानमा उन्नत धानको बीउ वितरण गर्न सुरु गरेको छ। ५० प्रतिशत अनुदानमा नगर कृषि शाखाले शुक्रबारबाट धानको बीउ वितरण गर्न थालेको हो।...

अनुदानमा वितरण गरिएका बाख्रामा पीपीआर महामारी

कर्णाली प्रदेश सरकारले कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरेका बाख्रा धमाधम मर्न थालेका छन्।

किसानलाई अनुदानमा मौरी सहितको घार वितरण

संखुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको हो । मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपाङ्गता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको नगर प्रमुख भरतकुमार खत्रीले बताए । अपाङ्गता भएका व्यक्तिका परिवारलाई ७ दिने मौरीपालनसम्बन्धी तालिमसहित मंगलवार मौरी सहितको घार वितरण गरिएको नगर प्रमुख खत्रीले बताए । घार सहितको मौरी वितरण गर्दै नगर प्र...

किसानलाई अनुदानमा गहुँको बिउ वितरण

वीरगन्ज महागनगपालिकाले महानगरक्षेत्र भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ ।महानगरपालिका क्षेत्र भित्रका किसानहरुलाइ उन्नत जातको गहुँको बिउ आजबाट वितरण गर्न सुरु गरेको हो । महानगरका कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गरी उत्पादकत्व बढाउनका महानगरपालिकाले अनुदानमा गहुँको विऊ वितरण थालेको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताए । महानगरपालिकाभित्र खेती योग्य जमिनमा गहुँबाली […]

५० प्रतिशत अनुदानमा ७१ हजार बिरुवा वितरण

सुर्खेत । कृषि विकास निर्देशनालय सुर्खेतले कृषकलाई ५० प्रतिशत अनुदानमा ७१ हजार बिरुवा वितरण गरेको छ । बिहीबारसम्म सुर्खेतस्थित व्यक्तिगत कृषकलाई १२ हजार र समूह सहकारी कृषकलाई ५९ हजार बिरुवा पचास प्रतिशत अनुदानमा वितरण गरेको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ । अनुदानमा वितरण गरेका बिरुवाका प्रजातिमध्ये आँप दशहरी ९ हजार, आँप अम्रपाली १ हजार, […]

किसानलाई अनुदानमा कृषि यन्त्र वितरण

सुदूरपश्चिम प्रदेश सरकारले कैलालीका किसानलाई अनुदानमा कृषि यन्त्र वितरण गरेको छ । प्रदेश सरकारको सहयोगमा कृषि ज्ञानकेन्द्र कैलालीले कैलारी गाउँपालिका–७ का किसानलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरेको हो ।...