अभिनेता शाहरुख खानका छोरा आर्यन खान झण्डै एक महिनापछि आज मुम्बईको आर्थर रोड जेलबाट हिरासतमुक्त भएका छन्। उनलाई एक क्रुज सिपमा भईरहेको पार्टीमा लागुऔषध सम्बन्धी अभियोगमा गिरफ्तार गरिएको थियो। उनी बाहिर निस्किदा सडकभरी आर्यन खानलाई कभर गर्नका लागि धेरै मिडियाहरुका प्रतिनिधि बसिरहेका थिए। सुरक्षाको लागि सुरक्षाकर्मीहरु पनि उपस्थित थिए। आर्यनलाई हिरासतबाट निस्कने बित्तिकै गाडीमा राखियाे। […]