थाहा पाउनुहाेस्, काठमाडौंमा बस र ट्याक्सी चढ्दा तिर्नुपर्ने बढेकाे भाडा कति ?

बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । हिजाेदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको हाे

सम्बन्धित सामग्री

यात्रुबाट बढी भाडा लिएको आरोपमा ९ जना ट्याक्सी चालक कारबाहीमा

३ फागुन, काठमाडौं । यात्रुबाट बढी भाडा लिएको आरोपमा ९ जना ट्याक्सी चालकलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट बुधबार ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा तोकीएको भन्दा बढी भाडा लिने ९ जना ट्याक्सी चालक फेला परेपछि ट्राफिक प्रहरीले कारबाही गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक […]

प्रत्येक वर्ष ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा

काठमाडौंः प्रत्येक वर्ष उपत्यकाभित्र ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको कारबाहीमा ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका हुन। मिटरमा जान नमान्ने, बढी भाडा लिने, यात्रुलाई लिन इन्कार गर्ने, भाडामा मोलमोलाइ गर्ने गरेका ट्याक्सी चालकलाई कारबाही गरेको हो। आर्थिक…

४० ट्याक्सी ड्राइभर कारबाहीमा

काठमाडौँ – ट्रफिक प्रहरीले उपत्यकामा ४० ट्याक्सी चालकलाई कारबाही गरेको छ। यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ४० जना ट्याक्सी चालकलाई कारवाही गरेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ। उपत्यकामा दैनिक सयौँ यात्रु ट्याक्सीबाट ढगिने गरेका छन्।

ट्याक्सी भाडा बढ्यो, अब कति पर्छ ?

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र लागु हुने सार्वजनिक सवारीको भाडादर निर्धारण गरेको छ । मन्त्रालयले २०७९ बैशाख १ गतेदेखि लागु हुने गरि ट्याक्सीको साथ साथै सार्वजनिक सवारीको नयाँ भाडादर तोकेको हो ।मन्त्रालयको २०७८/१२/२४ (मन्त्रीस्तर) को निर्णयानुसार भाडा समायोजन गरिएको मन्त्रालयले जनाएको छ। साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधनको भाडा समायोजन हुने मन्त्रालयले उल्लेख गरेको छ।पेट्रोल ट्याक्सीको हकमा त्यस्तै बागमती प्रदेशमा पेट्रोलियम पदार्थ बाट सञ्चालन हुने ट्याक्सी सेवाको हकमा शुरु फ्लाग डाउन रु ५० रुपैयाँ कायम गरिएको छ। प्रति २०० मिटरको भाडादर रु ९.८०- वाट रु १०।- कायम गरिएको छ भने प्रतिक्षा शुल्कका विषयमा प्रति १ मिनेटको रु.१.२० रुपैयाँ कायम गरिएको छ। प्रतिक्षा गर्ने अधिकतम समय ३० मिनेट कायम गरिएको छ।बेलुका ९ बजेदेखि विहान ४ बजेसम्म सञ्चालन हुने रात्रिकालिन ट्याक्सी सेवाको भाडादरका सम्वन्धमा शुरु फ्लाग डाउनलाई यथावत राखी प्रति २०० मिटरको हकमा रु.१५ हुने गरी भाडा कायम गरिएको छ।  यस अघि जारी भएको सर्तहरु ट्याक्सी सेवा प्रदायकले पूर्णरुपमा पालना गर्नुपर्ने मन्त्रालयले जनाएको छ।विद्युतीय ट्याक्सीको हकमाबागमती प्रदेशमा विद्युतीय माध्यमवाट सञ्चालन हुने ट्याक्सीको हकमा भने शुरु फ्लाग डाउन रु ५० कायम गरिएको छ। प्रति २०० मिटरको भाडादर ९ रुपैयाँ कायम गरिएको छ। प्रतिक्षा शुल्कका विषयमा प्रति १ मिनेटको रु.१.२० रुपैयाँ कायम गरिएको छ। प्रतिक्षा गर्ने अधिकतम समय ३० मिनेट कायम गरिएको छ। वेलुका ९ बजेदेखि विहान ४ वजे सम्म सञ्चालन हुने रात्रिकालिन ट्याक्सी सेवाको भाडादरका सम्वन्धमा शुरु फ्लाग डाउनलाई यथावत राखी प्रति २०० मिटरको हकमा रु.१३ हुने गरी भाडा कायम गरिएको छ। उपत्यका भित्रको सार्वजनिक यातायात जस अनुसार उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमा ० देखि ५ किमीको भाडा २० रुपैयाँ, ० देखि १० किमीको भाडा २५ रुपैयाम, ० देखि  १५ किमीको भाडा ३० रुपैयाँ, ० देखि  २० किमीको भाडा ३३ रुपैयाँ र २० किमी भन्दा बढी दुरीको भाडा ३८ रुपैयाँ कायम गरिएको छ ।उपत्यका बाहेकका स्थानमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमाउपत्यका बाहेकका स्थानमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमा बागमती प्रदेश सरकारले मिति २०७८/०७/०१ गते देखि यात्रुवाहक सवारी साधनमा लागू गरेको भाडादरमा १० प्रतिशत भाडावृद्धि गरी कायम हुन आउने भाडादरमा दशमलवमान सम्याई समायोजन गरिएको छ।उपरोक्त भाडादरमा यात्रुले १५ के.जी. सम्म निशुल्क र सो भन्दा वढि १० के.जी. सम्म प्रति के.जी. रु.५ का दरले भाडा भुक्तानी गरी (सवारी साधनको उत्पादक कम्पनीद्वारा तोकिएको Gross Vehicle weight भन्दा ननाघ्ने गरी) सरसामान/गुन्टा लिई जान पाउने छन्। मालवाहक सवारी साधनको हकमा मालवाहक सवारी साधनको हकमा प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमवाट भाडा भुक्तानी नियमावली, २०७८ को दफा ४ बमोजिमको भाडा निर्धारण/समायोजन सिफारिस समितिले साविकको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई मिति २०७८/०६/०६ मा पेश गरेको प्रतिवेदनका आधारमा ११.९१- प्रतिकिमि प्रतिटनको लागि सिफारिस गरिएको भाडामा १३% ले वृद्धि गरी १३।४५- (प्रतिकिमि प्रतिटन) कायम गरिएको छ।

वाग्मतीमा ट्याक्सी भाडा बढ्याे, अब न्यूनतम ६० रुपैयाँ

काठमाण्डाै – वाग्मती प्रदेशमा ट्याक्सी भाडा बढेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले सूचना प्रकाशित गरी आउने माघ १ गतेदेखि लागू हुने गरी भाडा समायोजन गरिएको जनाएको हो ।अब ट्याक्सीको न्यूनतम भाडा ६० रुपैयाँ कायम भएको छ । ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको शुल्क ६० रुपैयाँ तिर्नुपर्ने छ । त्यसपछि हरेक दुई सय मिटरको यात्रापछि नाै रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेछ ।सूचनाअनुसार ट्याक्सीहरूले पूर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने छ । ट्याक्सी प्रयोग गर्नेबित्तिकै सेवाग्राहीलाई ट्याक्सी नम्बर, च...

उपत्यकाको ट्याक्सी भाडा बढ्यो, न्यूनतम ६० रुपैयाँ

काठमाडौं : बागमती प्रदेशमा ट्याक्सी भाडा बढेको छ। श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सी भाडा बढाएको हो।मन्त्रालयले जारी गरेको निर्णयअनुसार अब  ट्याक्सीको न्यूनतम भाडा ६० रुपैयाँ कायम भएको छ। शुरुको एक किलोमिटर पश्चात् प्रतिदुई सय मिटरको ९ रुपैयाँ ८० पैसाका दरले थप हुने गरी कायम गरिएको छ। त्यस्तै ट्याक्सीहरूले पूर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने मिटरमै हिँड्नुपर्ने निर्णयमा उल्लेख छ। यो निर्णय माघ १ ग

ट्याक्सी भाडामा वृद्धि, न्यूनतम ६० रुपैयाँ

काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सी भाडा बढेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले मन्त्री स्तरको निर्णयबाट ट्याक्सी भाडा बढाएको हो । निर्णयअनुसार अब काठमाडौँ उपत्यकामा ट्याक्सीको न्यूनतम भाडा ६० रुपैयाँ कायम गरिएको छ । ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरु फ्लाग डाउन ६० रुपैयाँ हुने परिमार्जित भाडा दरमा उल्लेख […]

बढी भाडा लिने र ठग्ने २२ ट्याक्सी चालक कारबाहीमा

ट्राफिक प्रहरीले बढी भाडा लिने, मिटर बिगार्ने तथा नबनाउने ट्याक्सी चालकलाई कडाइ गर्न थालेको छ । आइतबार मात्रै ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने २२ जना ट्याक्सी चालकहरु कारवाही गरेको छ । ट्राफिक महाशाखाले यात्रुलाई ठगी गर्ने गरेको गुनासो आएको आधारमा निगरानी बढाएको बताइएको छ ।

मिटरमा जान नमान्ने र बढी भाडा लिने ३२ जना ट्याक्सी चालक कारबाहीमा

काठमाण्डाै – मिटरमा जान नमान्ने र बढी भाडा लिने ३२ जना ट्याक्सी चालक पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीवार एकैदिन ३२ जना ट्याक्सी चालकलाई कारबाही गरेको हो । यात्रुको गुनासो र आफूहरूको अनुगमनका क्रममा बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ३२ जना ट्याक्सी चालक कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । मिटरमा जान नमान्ने, बढी भाडा लिने र मिटर बिग्रेको शङ्का लागेमा तत्कालै खबर गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

नसुध्रिएका ट्याक्सी : भाडा बढाइदिए रोकिएला त ठगी ?

२६ माघ, काठमाडौं । शनिबार बानेश्वर क्षेत्रमा ट्याक्सी चालक र व्यवसायीहरुले नाराबाजी गरे । उनीहरुले बन्दहड्तालमा चल्दा सरकारले सुरक्षा दिनुपर्ने लगायतका माग २ वर्षयता गरिरहेका छन् । भाडादरको वैज्ञानिक समायोजन गर्नुपर्ने उनीहरुको मुख्य माग छ । २०६९ सालदेखि भाडाको वैज्ञानिक समायोजन नभएकाले घाटामा ट्याक्सी चलाउनुपर्ने नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम बताउँछन् । […]