ट्याक्सी भाडा बढ्यो, अब कति पर्छ ?

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र लागु हुने सार्वजनिक सवारीको भाडादर निर्धारण गरेको छ । मन्त्रालयले २०७९ बैशाख १ गतेदेखि लागु हुने गरि ट्याक्सीको साथ साथै सार्वजनिक सवारीको नयाँ भाडादर तोकेको हो ।मन्त्रालयको २०७८/१२/२४ (मन्त्रीस्तर) को निर्णयानुसार भाडा समायोजन गरिएको मन्त्रालयले जनाएको छ। साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधनको भाडा समायोजन हुने मन्त्रालयले उल्लेख गरेको छ।पेट्रोल ट्याक्सीको हकमा त्यस्तै बागमती प्रदेशमा पेट्रोलियम पदार्थ बाट सञ्चालन हुने ट्याक्सी सेवाको हकमा शुरु फ्लाग डाउन रु ५० रुपैयाँ कायम गरिएको छ। प्रति २०० मिटरको भाडादर रु ९.८०- वाट रु १०।- कायम गरिएको छ भने प्रतिक्षा शुल्कका विषयमा प्रति १ मिनेटको रु.१.२० रुपैयाँ कायम गरिएको छ। प्रतिक्षा गर्ने अधिकतम समय ३० मिनेट कायम गरिएको छ।बेलुका ९ बजेदेखि विहान ४ बजेसम्म सञ्चालन हुने रात्रिकालिन ट्याक्सी सेवाको भाडादरका सम्वन्धमा शुरु फ्लाग डाउनलाई यथावत राखी प्रति २०० मिटरको हकमा रु.१५ हुने गरी भाडा कायम गरिएको छ।  यस अघि जारी भएको सर्तहरु ट्याक्सी सेवा प्रदायकले पूर्णरुपमा पालना गर्नुपर्ने मन्त्रालयले जनाएको छ।विद्युतीय ट्याक्सीको हकमाबागमती प्रदेशमा विद्युतीय माध्यमवाट सञ्चालन हुने ट्याक्सीको हकमा भने शुरु फ्लाग डाउन रु ५० कायम गरिएको छ। प्रति २०० मिटरको भाडादर ९ रुपैयाँ कायम गरिएको छ। प्रतिक्षा शुल्कका विषयमा प्रति १ मिनेटको रु.१.२० रुपैयाँ कायम गरिएको छ। प्रतिक्षा गर्ने अधिकतम समय ३० मिनेट कायम गरिएको छ। वेलुका ९ बजेदेखि विहान ४ वजे सम्म सञ्चालन हुने रात्रिकालिन ट्याक्सी सेवाको भाडादरका सम्वन्धमा शुरु फ्लाग डाउनलाई यथावत राखी प्रति २०० मिटरको हकमा रु.१३ हुने गरी भाडा कायम गरिएको छ। उपत्यका भित्रको सार्वजनिक यातायात जस अनुसार उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमा ० देखि ५ किमीको भाडा २० रुपैयाँ, ० देखि १० किमीको भाडा २५ रुपैयाम, ० देखि  १५ किमीको भाडा ३० रुपैयाँ, ० देखि  २० किमीको भाडा ३३ रुपैयाँ र २० किमी भन्दा बढी दुरीको भाडा ३८ रुपैयाँ कायम गरिएको छ ।उपत्यका बाहेकका स्थानमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमाउपत्यका बाहेकका स्थानमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमा बागमती प्रदेश सरकारले मिति २०७८/०७/०१ गते देखि यात्रुवाहक सवारी साधनमा लागू गरेको भाडादरमा १० प्रतिशत भाडावृद्धि गरी कायम हुन आउने भाडादरमा दशमलवमान सम्याई समायोजन गरिएको छ।उपरोक्त भाडादरमा यात्रुले १५ के.जी. सम्म निशुल्क र सो भन्दा वढि १० के.जी. सम्म प्रति के.जी. रु.५ का दरले भाडा भुक्तानी गरी (सवारी साधनको उत्पादक कम्पनीद्वारा तोकिएको Gross Vehicle weight भन्दा ननाघ्ने गरी) सरसामान/गुन्टा लिई जान पाउने छन्। मालवाहक सवारी साधनको हकमा मालवाहक सवारी साधनको हकमा प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमवाट भाडा भुक्तानी नियमावली, २०७८ को दफा ४ बमोजिमको भाडा निर्धारण/समायोजन सिफारिस समितिले साविकको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई मिति २०७८/०६/०६ मा पेश गरेको प्रतिवेदनका आधारमा ११.९१- प्रतिकिमि प्रतिटनको लागि सिफारिस गरिएको भाडामा १३% ले वृद्धि गरी १३।४५- (प्रतिकिमि प्रतिटन) कायम गरिएको छ।

सम्बन्धित सामग्री

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको कति ? (सूचीसहित)

पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएपछि बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सञ्चालनमा रहेको सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै बाग्मती प्रदेशअन्र्तगत १३ जिल्लाको सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको जनाएको छ । आजदेखि लागू हुनेगरी जारी गरिएको भाडादर वृद्धिमा काठमाडौँ उपत्यकाभित्र चल्ने यात्रुवाहक …

सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ जान कति रुपैयाँ लाग्छ ?

२८ असार, काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेकाले असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २.३४ प्रतिशत […]

हवाई भाडा बढ्यो, अब कुन ठाउँको कति ? (सूचीसहित)

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई भाडा पनि वृद्धि भएको छ । नयाँ भाडा दर अनुसार काठमाडौँबाट माउन्टेनको भाडा १७० रुपैयाँले वृद्धि भई १४ हजार ८९२ रुपैयाँ पुगेको छ । यसभन्दा अघि १४ हजार ७२० रुपैयाँ भाडा थियो । काठमाडौँबाट भद्रपुरको भाडा १५० रुपैयाँले भाडा वृद्धि भएर १२ हजार ९५५ रुपैयाँ […]

हवाई भाडा बढ्यो, कुन ठाउँको कति ? सूचीसहित

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपाल वायु सेवा संघले हवाईजहाजको भाडा पनि वृद्धि गरेको छ । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएसंगै संघले भाडादर बढाएको हो । असार ८ देखि लागू हुने गरि आन्तरिकतर्फको हवाइ भाडा बढेको हो। वायुसेवा कम्पनीका अनुसार एउटै रुटमा ८४० रुपैयाँसम्म वृद्धि भएको छ।  नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर […]

आन्तरिकतर्फको हवाई भाडा बढ्यो, कुन रुटमा कति वृद्धि?

काठमाडौं–नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा पनि बढेको छ। नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ। नयाँ भाडादरमा रु ९० देखि रु ४४५ सम्म वृद्धि भएको छ। सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ–धनगढीको भाडा ४४५ रुपैयाँ बढेको छ। वृद्धि भएको भाडादर अनुसार काठमाडौँ–सिमराको भाडा […]

इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो, कहाँको कति ?

काठमाडौँ- वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् । संघका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ । सबै भन्दा कम काठमाडौँ-सिमरा ९० रुपैयाँले बढेको छ । योसँगै अब काठमाडौँदेखि धनगढीको हवाई भाडा […]

आन्तरिक हवाई उडानको भाडा बढ्यो : कहाँको कति ? (सूचीसहित)

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक हवाई उडानको भाडा बढाइएको हो ।

आन्तरिक हवाई भाडा बढ्यो, कुनमा कति ?(सूचीसहित)

आन्तरिक हवाई उडानको भाडा बढेको छ । फागुन २२ गते अर्थात् आइतबारदेखि लागू हुने गरि नेपाल वायुसेवा संचालक संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो । बढेको भाडाअनुसार सबैभन्दा बढी  विराटनगर–नेपालगञ्ज रुटमा  ५४० रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले बढेको छ ।यस्तै, अन्य उडान गन्तव्यहरुमा काठमाण्डौ–धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ–भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौ–सुर्खेत ३४५ र काठमाण्डौ–नेपालगञ्जको ३३० रुपैयाँले बढेको छ । नेपाल आ

लामो दूरीका सवारी साधनको भाडा बढ्यो कहाँ जान कति लाग्ने(सूचीसहित)

काठमाडौं । सरकारले देशभर बढेको सवारीको भाडादर सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असार २७ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा सार्वजनिक गाडिको भाडा २० देखि २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो । असार २७ गते केपी ओली सरकारले गरेको भाडा बढाउने निर्णयलाई यातायात व्यवस्था विभागले गत शुक्रबार सार्वजनिक गरेको हो […]