काठमाण्डाै – मिटरमा जान नमान्ने र बढी भाडा लिने ३२ जना ट्याक्सी चालक पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीवार एकैदिन ३२ जना ट्याक्सी चालकलाई कारबाही गरेको हो ।
यात्रुको गुनासो र आफूहरूको अनुगमनका क्रममा बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ३२ जना ट्याक्सी चालक कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ ।
मिटरमा जान नमान्ने, बढी भाडा लिने र मिटर बिग्रेको शङ्का लागेमा तत्कालै खबर गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।