ट्राफिक प्रहरीले बढी भाडा लिने, मिटर बिगार्ने तथा नबनाउने ट्याक्सी चालकलाई कडाइ गर्न थालेको छ ।
आइतबार मात्रै ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने २२ जना ट्याक्सी चालकहरु कारवाही गरेको छ ।
ट्राफिक महाशाखाले यात्रुलाई ठगी गर्ने गरेको गुनासो आएको आधारमा निगरानी बढाएको बताइएको छ ।