अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । अख्तियारले प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमै छापा मारेर विभिन्न फाइल नियन्त्रणमा लिएपछि विपक्षीहरुले मुख्यमन्त्री राउत पदमा रहिरहन नमिल्ने बताएका छन् ।अख्तियारले छापा मारेको विषयलाई लिएर मुख्यमन्त्री राउतले भने आपत्ति जनाएका छन् । यद्यपि उनको दल