काठमाडौं। प्रदेश–२ को नाम र राजधानीका लागि सत्तारुढ जसपा र माओवादी केन्द्रले प्रदेशसभामा प्रस्ताव दर्ता गराएको छ।जसपा र माओवादी केन्द्रले प्रदेश–२ को नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले बताए। जसपा र माओवादी दुवै दलले सम्मान प्रस्ताव गरेका हुन्। सचिवालयले वैशाख ९ गतेभित्र नाम र राजधानीका लागि प्रस्ताव दर्ता गर्न भनेको थियो।