जनता समाजवादी पार्टी (जसपा) भित्रको विवादको बाछिटाले प्रदेश २ को सत्ता समीकरणमा असर पारेको छ । प्रदेश २ मा सत्ता सहकार्यका लागि उपेन्द्र यादव पक्ष र नेपाली काँग्रेसबीच छलफल चलिरहेको छ । तर, भागबण्डामा सहमति जुट्न सकेको छैन ।प्रदेश २ मा सत्ता सहकार्यका लागि जसपाको यादव पक्ष र काँग्रेसबीच एक सातादेखि वार्ता र छलफल चलिरहेको छ भने अर्कोतर्फ महन्थ ठाकुर पक्ष र एमालेका बीचमा पनि छलफल चलिरहेको छ ।जसपाको उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल र तीनजना राज्यमन्त्रीलाई सरकारब