कालिमाटी तरकारी बजारले दिने संकेत

नेपालमा भारतबाट अत्यधिक मात्रामा तरकारी र फलफूल अयात हुन्छ भनेर धेरैले भन्ने गरे पनि तथ्यांकले तरकारीको आपूर्तिमा आन्तरिक उत्पादनको अंश नै बढी रहेको देखाएको छ । त्यस्तै नेपालका १९ जिल्लाबाट प्रमुख रूपमा तरकारी भित्रिएको देखिन्छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भारत र चीनबाट पनि तरकारी र फलफूल आयात भएको देखिन्छ । यहाँ दैनिक ४ करोड रुपैयाँ बराबरको तरकारी कारोबार हुन्छ । यो थोक बजार भए पनि केही मात्रामा खुद्रा व्यापारसमेत हुने गरेको छ । ७७ जिल्लामध्ये १९ जिल्लाले यति ठूलो परिमाणमा तरकारी आपूर्ति गर्दा रहेछन् भने बाँकी जिल्लाबाट पनि तरकारी आयात गर्ने हो भने नेपाली तरकारीले नै आपूर्ति धान्न सक्ने देखिन्छ । नेपालभित्रबाट तरकारी काठमाडौं ल्याउँदा ५ प्रतिशत कुहिएर खेर जाने गरेको छ । त्यस्तै खुद्रा व्यापारीले उपभोक्तासम्म पुर्‍याउँदा ८ देखि १० प्रतिशतसम्म तरकारी खेर जाने गरेको पाइन्छ । यस्तै किसानले उत्पादन गरेको तरकारी संकलन केन्द्रसम्म पुर्‍याउँदा पनि केही तरकारी खेर जान्छ । यी सबैलाई जोड्ने हो भने कुल उत्पादित तरकारीको झन्डै २० प्रतिशत कुहेर खेर जान्छ । यसको अर्थ तरकारीको भण्डारण गर्ने शैली र उपकरण राम्रो छैन भन्ने हो । यसरी तरकारी खेर जाँदा किसानलाई त क्षति हुन्छ नै यसको भार उपभोक्तामाथि पर्छ । त्यसैले यसमा देखिएको क्षतिलाई पूरा गर्न चिस्यान सुविधासहितको गाडी व्यवस्था गरिनुपर्छ । साथै, कालिमाटी तरकारी विक्री केन्द्रमा समेत यस्तो व्यवस्था गरिनु उपयुक्त हुन्छ जसको लाभ उपभोक्ता र किसान दुवैले पाउन सकून् । नेपालको तरकारी वितरण प्रणालीमा सुधार गर्ने हो भने किसान र उपभोक्ता दुवैले लाभ लिन सक्छन् । अर्को दूरदराजका क्षेत्रबाट समेत तरकारी ढुवानी सहज बनाउँदा आन्तरिक उत्पादन बढ्न सक्छ । यसको साथै भारतीय तरकारीमा अत्यधिक विषादीको मात्रा छ भनेर उपभोक्ताले गुनासो गरिरहेका बेला यथार्थ अलि फरक देखिएको छ । काठमाडौंको बजारमा नेपालको तरकारीको अंश ठूलो भएपछि विषादी पनि नेपाली उत्पादनकै बढी हुने भयो । त्यसैले भारतीय तरकारी विषादी बढी भएको भनेर भाषण गर्नुभन्दा समस्या यकीन गरी जनचेतना फैलाउनुपर्ने देखियो । तथ्यांकले भारतबाट आयात गरिने तरकारीमा मात्र होइन, नेपाली तरकारीमै विषादीको मात्रा बढी देखिएपछि विषादी प्रयोगको न्यूनीकरणमा तीन तहका सरकारले के काम गरेर बसेका छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । नेपालमा विषादीको आयात बढिरहेको भन्सार विभागको तथ्यांकले पनि यसलाई स्पष्ट पार्छ । त्यसैले भारतबाट आयात गरिएको तरकारी मात्र होइन, आन्तरिक उत्पादनको समेत विषादी परीक्षण अनिवार्य गरिनुपर्छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले यहाँ भित्रिने तरकारीका केही नमूनाको विषादी परीक्षण गर्ने गरेको छ । समितिले कार्बामेट र अर्गानोफस्फेट परीक्षण गरी त्यसको मात्रा जानकारी दिने गरेको छ । नेपालमा विषादीको विषयलाई लिएर बेलाबेला अनेक छलफल हुने गर्छन् । वास्तवमा यस्ता छलफलको आवश्यकता पनि छ, किनकि विषादीले मानव स्वास्थ्यलाई नकारात्मक असर गरेको हुन्छ । तर, त्यसमा समस्या बाह्यभन्दा आन्तरिक नै रहेछ भन्ने कुरा बुझ्न ढिला भइसकेको रहेछ । त्यस्तै, ताजा तथ्यांकले नेपाल तरकारीमा आत्मनिर्भर बन्न सक्ने सम्भावनासमेत देखाएको छ । ७७ जिल्लामध्ये १९ जिल्लाले यति ठूलो परिमाणमा तरकारी आपूर्ति गर्दा रहेछन् भने बाँकी जिल्लाबाट पनि तरकारी आयात गर्ने हो भने नेपाली तरकारीले नै आपूर्ति धान्न सक्ने देखिन्छ । यति मात्र होइन, काठमाडौंमा तीव्र घडेरीकरणका कारण कृषियोग्य जमीनको अभाव भएको भनिए पनि तरकारी आपूर्तिमा उपत्यकाको अंश ठूलै देखिन्छ । त्यस्तै तरकारी बिकेन भनी सडकमा फाल्ने गरिएको चितवनको अंश भने अहिलेको यामको तथ्यांकमा ज्यादै कम देखिन्छ । यी तथ्यांकलाई राम्ररी विश्लेषण गर्दा नेपालको तरकारी उत्पादन र आपूर्तिका बारेमा प्रचलित विश्वास अमिल्दो देखिन्छ । यद्यपि काठमाडौंमा हुने तरकारी आपूर्ति सबै कालिमाटीमार्फत हुँदैन । बल्खु तरकारी बजार, माछापोखरीलगायत उपत्यकामा रहेको कैयौं तरकारी बजारमा सीधै तरकारी आयात हुने गरेको छ जहाँ विषादी परीक्षण लगायतको काम हुने गरेको छैन । तिनको पनि तथ्यांक हुने हो भने तरकारी आपूर्तिबारे धेरै तथ्य निक्लन सक्छ ।

सम्बन्धित सामग्री

पाँच रुपैयाँमा नबिकेको गोलभेंडा १८० पुग्यो

महिना दिन अघिमात्र किलोको ५ रुपैयाँमा पनि नबिकेपछि कालिमाटी तरकारी बजार आसपास किसानले गोलभेंडा फ्याँके । उत्पादन स्थलबाट देशकै सबैभन्दा ठूलो तरकारी बजारसम्म आइपुग्दा पनि उचित मूल्य नपाएपछि गोलभेंडा नष्ट गर्नुपरेको गुनासो किसानले त्यतिखेर गरेका थिए । कालिमाटी तरकारी बजारको सडकमा करिब १२ टन गोलभेंडा पोखिएको थियो । सवारीसाधन आवतजावतमा नै समस्या भएपछि डोजर लगाएर […]

दुई सातामा तरकारी किलोमै ५८ रुपैयाँसम्मले बढ्यो

दसैँ–तिहारजस्ता महत्वपूर्ण चाड सकिएसँगै तरकारीको मूल्यमा अत्यधिक वृद्धि भएको छ । कालिमाटी तरकारी बजार विकास समितिका अनुसार पछिल्लो साता तरकारीमा प्रतिकिलो नौ रुपैयाँदेखि ५८ रुपैयाँसम्मले वृद्धि भएको छ । कात्तिक दोस्रो साता...

आज कुन तरकारीको भाउ कति पुग्यो ?(मूल्यसूची)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । आज कालिमाटी तरकारी बजार विकास समितिले रातो आलुको औसत मूल्य ४० रुपैयाँ तोकेको छ । यस्तै, आज लोकल काउलीको औसत मूल्य ३० रुपैयाँ रहेको छ । कन्य च्याउनको औसत मूल्य २१० रुपैयाँ रहेको छ । भने, नेपाली गोलभेँडाको औसत मूल्य १०५ रुपैयाँ रहेको छ । हेर्नुस् मूल्यसूची :वस्तुएकाइन्यूनतमअधिकतमऔसतअ

आज कुन तरकारीको भाउ कति पुग्यो ? (मूल्यसूची)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । आज कालिमाटी तरकारी बजार विकास समितिले रातो आलुको औसत मूल्य ४२.५० रुपैयाँ तोकेको छ । यस्तै, आज लोकल काउलीको औसत मूल्य ४० रुपैयाँ रहेको छ । कन्य च्याउनको औसत मूल्य १६५ रुपैयाँ रहेको छ । भने, नेपाली गोलभेँडाको औसत मूल्य १०५ रुपैयाँ रहेको छ । हेर्नुस् मूल्यसूची  वस्तुएकाइन्यू

आज कुन तरकारीको मूल्य कति ? (मूल्यसूची)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । आज कालिमाटी तरकारी बजार विकास समितिले रातो आलुको औसत मूल्य ४६ रुपैयाँ तोकेको छ । यस्तै, आज लोकल काउलीको औसत मूल्य ४० रुपैयाँ रहेको छ । कन्य च्याउनको औसत मूल्य १६५ रुपैयाँ रहेको छ । भने, नेपाली गोलभेँडाको औसत मूल्य ११० रुपैयाँ रहेको छ । हेर्नुस् मूल्यसूची :वस्तुएकाइन्यूनतमअधिकतमऔसतअं

आज कुन तरकारीको मूल्य कति ? (मूल्यसूची)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । आज कालिमाटी तरकारी बजार विकास समितिले रातो आलुको औसत मूल्य ४७.५० रुपैयाँ तोकेको छ । यस्तै, आज लोकल काउलीको औसत मूल्य ४५ रुपैयाँ रहेको छ । कन्य च्याउनको औसत मूल्य १९० रुपैयाँ रहेको छ । भने, नेपाली गोलभेँडाको औसत मूल्य ११५ रुपैयाँ रहेको छ । हेर्नुस् मूल्यसूची :वस्तुएकाइन्यूनतमअधिकतमऔ

वर्षापछि काठमाडौंमा ३८२ घर डुबानमा, १३८ जनाको उद्धार

अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ। गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसहरू उद्धार गरिएको बताए। बागमतीमा यो बर्ष […]

कालिमाटी तरकारी बजार भाेलि बन्द हुने

कालिमाटी तरकारी तथा फलफूल बजार मंगलबार बन्द हुने भएको छ । २० फागुन ०६८ को भीषण आगलागीलाई कालो दिनका रूपमा स्मरण

कालिमाटी तरकारी बजारमा नवीन, प्रल्हाद र शान्ता विजयी - Naya Patrika

देशको प्रमुख तरकारी बजारका रूपमा रहेको कालिमाटी तरकारी बजार सञ्चालक समितिमा व्यवसायी प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा नवीन शाही, प्रल्हाद भण्डारी र शान्ता ढुंगाना निर्वाचित भएका छन् ।    ...पूरा पढ्नुहोस् »

कालिमाटी तरकारी बजारमा बोर्ड सदस्यका लागि मतदान - Naya Patrika

देशको प्रमुख तरकारी बजारका रूपमा रहेको कालिमाटी तरकारी बजार सञ्चालन गर्ने बजार सञ्चालक समितिलाई पूर्णता दिन मतदान भइरहेको छ । बजार परिसरमा जारी निर्वाचनमा फलफूल तथा तरकारी बजार विकास समितिमा...पूरा पढ्नुहोस् »