एनएमबी बैंकका ग्राहकलाई  हिमालय दृश्य होटलमा विशेष छुट

१६ पुस, काठमाडौं । एनएमबी बैंकका ग्राहक तथा कर्मचारीले धुलिखेलमा रहेको हिमालय दृश्य होटलमा विशेष छुट पाउने भएका छन् । बैंक र होटलका अधिकारबीच खानामा १० प्रतिशत र आवासमा २० प्रतिशत छुट दिने सम्झौता पत्रमा एनएमबी बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एन्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका थिए । […]

सम्बन्धित सामग्री

एनएमबि बैंक–हिमालय दृश्य होटल सम्झौता

काठमाडौं (अस) । एनएमबि बैंक र हिमालय दृश्य होटल धुलिखेलबीच सम्झौता भएको छ । सम्झौताअनुसार होटलले खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुट दिनेछ । सम्झौतापत्रमा बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एसोसिएट डाइरेक्टर सेल्स एन्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरे । ग्राहकलाई आधुनिक बैंकिङ सुविधा, विद्युतीय भुक्तानी बढाउन र अन्य अतिरिक्त सेवा सहज बनाउन छुटका लागि सहकार्य गरिएको बैंकले बताएको छ । बैंकले हाल २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबि बैंक र हिमालय दृश्य होटल बीच सम्झौता, खाना तथा आवासमा २०% सम्म छूट

पुस १७, काठमाडौं। एनएमबि बैंक र धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टबीच सम्झौता भएको छ। सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकहरुले अब उक्त रिसोर्टमा खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छूट पाउने छन्। सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका छन्। एनएमबिको भिसा कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले रिसोर्टमा सेवा लिंदा छूट सुविधा लिन पाउने भएको हो। अत्याधुनिक बैँकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले छूटको लागि सहकार्य गरिएको कम्पनीले बताएको छ।  कम्पनीले हाल देशभरी २०१ ओटा शाखा, १३८ ओटा एटीएमहरू, नौ ओटा एक्सटेन्सन काउन्टरहरूमार्फत वित्तीय कारोबारको सेवा प्रदान गर्दै आएको छ।

४७ प्रतिशत लाभांश प्रस्ताव गर्न महिला लघुवित्तको साधारण सभा मंसिर २२ गते बस्ने

काठमाडौं, १ मंसिर । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा मंसिर २२ गते हुने भएको छ । कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सभा हिमालय दृश्य होटल, धुलिखेल, काभ्रेमा बिहान १०ः३० बजे सभा हुने भएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४७ […]

महिला लघुवित्तले आह्वान गर्‍यो चौथो वार्षिक साधारण सभा, ५०% लाभांशको प्रस्ताव

कात्तिक ३०, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २२ गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले हिमालय दृश्य होटल, धुलिखेल, काभ्रेमा बिहान १०:३० बजेका लागि सभा बोलाएको हो । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४७ दशमलव ५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण समूहबाट दुई जना सञ्चाकको निर्वाचन, गरी नियुक्ति गर्ने, अन्य कुनै लघुवित्तसँग गाभ्ने गाभिने सम्बन्धी प्रक्रिया अगाडी बढाउन  सञ्चालक समितिलाई अख्तियारी दिने पनि रहेको छ ।   साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर १८ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा मंसिर १५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

४० करोड लगानीमा धुलिखेलमा खुल्यो ‘हिमालय दृश्य’ होटल

४० करोड लगानीमा बनेको होटलमा ४३ वटा कोठा छन्। जसमा २ वटा स्वीट रूम छ।  स्वीमिङपुल, सोना स्टिम, स्पा, ब्यांक्वेट हल, मिटिङरुम, बगैंचा जस्ता सुविधा होटलमा उपलब्ध छन्।