कात्तिक ३०, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २२ गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले हिमालय दृश्य होटल, धुलिखेल, काभ्रेमा बिहान १०:३० बजेका लागि सभा बोलाएको हो । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४७ दशमलव ५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाको अन्य प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण समूहबाट दुई जना सञ्चाकको निर्वाचन, गरी नियुक्ति गर्ने, अन्य कुनै लघुवित्तसँग गाभ्ने गाभिने सम्बन्धी प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने पनि रहेको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर १८ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा मंसिर १५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।