पुस १७, काठमाडौं। एनएमबि बैंक र धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टबीच सम्झौता भएको छ।
सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकहरुले अब उक्त रिसोर्टमा खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छूट पाउने छन्।
सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका छन्। एनएमबिको भिसा कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले रिसोर्टमा सेवा लिंदा छूट सुविधा लिन पाउने भएको हो।
अत्याधुनिक बैँकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले छूटको लागि सहकार्य गरिएको कम्पनीले बताएको छ।
कम्पनीले हाल देशभरी २०१ ओटा शाखा, १३८ ओटा एटीएमहरू, नौ ओटा एक्सटेन्सन काउन्टरहरूमार्फत वित्तीय कारोबारको सेवा प्रदान गर्दै आएको छ।