नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयनका लागि अध्यक्ष माधव नेपालमाथि दबाब बढेको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुले मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नभएको विषयमा प्रश्न उठेका थिए । एकीकृत समाजवादीले जेठ २२ मा आफ्ना चार मन्त्री फेर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त निर्णय कार्यान्वयन नगरेपछि नेताहरुले बैठकमा अध्यक्ष नेपालको ध्यानाकर्षण गरेका थिए । अब बस्ने पोलिटब्युरो, केन्द्री