साउन २३ बाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्दै रिलायबल इन्सुरेन्स

काठमाडौं – रिलायबल नेपाल लाइफ इन्सुरेन्सले साउन २३ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ खुला गर्ने भएको छ। यसले वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ बिक्री गरिसकेको छ। यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर […]

सम्बन्धित सामग्री

माथिल्लो मैलुङको आइपीओ आजबाट बिक्री खुला

काठमाडौँ – माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओ बिहीबारबाट बिक्री खुला भएको छ। कम्पनीले आज साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १०% अर्थात १० करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको छ। यसले १ सय अंकित मूल्यमा १० लाख […]

झापाको कनकाईमा साउन १ गतेदेखि सूर्तीजन्य पदार्थको बिक्री तथा सेवन निषेध

झापा – झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रभित्र गुट्खा, खैनी र चुरोटलगायत सुर्तीजन्य पदार्थको बिक्री-वितरण तथा सेवनकार्यलाई निषेध गर्ने भएको छ । नगरपालिकाले उक्त नियम आगामी साउन १ गतेदेखि लागू गर्ने जनाएको छ । गत जेष्ठ १७ गते सम्पन्न बसेको २५ औँ कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले यही श्रावण १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको […]

१० अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा दोस्रो पटक ट्रेजरी बिल बिक्री गर्न लागेको छ । बैंकले यही साउन ९ गते पहिलो पटक १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेकोमा पुनः दोस्रो पटक १० अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आइतबार एक सूचना गर्दै बैंकले साउन १७ गते उक्त ट्रेजरी बिल बिक्री गरिने जनाएउँदै सार्वजनिक बोलकबोल आह्वान गरेको छ । ट्रेजरी बिलको बोलकबोल भने साउन १६ गते दिउँसो ३ बजे हुने बैंकले जनाएको छ । ९१ दिन र १८२ दिने गरी दुई किसिमको बिल बिक्री गर्न लागे

सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

१३ साउन, काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १३ साउन शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख २१ […]

अभियान लघुवित्तले साउन १८ देखि आईपीओ निष्कासन गर्ने

८ साउन, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट […]

मन्दाकिनी हाइड्रोपावर साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

१ साउन, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन -आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार […]

श्वेतगंगा हाइड्रोपावरले साउन ४ गतेदेखि आईपीओ निष्कासन गर्ने

२७ असार, काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रूपैयाँ अंकति मूल्यमा आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रूपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ जारी गर्नेछ ।  […]

साहस उर्जाले साउन २९ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं।साहस उर्जाले साउन २९ गतेदेखि साधारण शेयर(आईपीओ) जारी गर्ने भएको छ।कम्पनीले उक्त मितिदेखि आयोजना प्रभावित स्थानीयबासीका लागि आईपीओ बिक्री खुलाउने भएको हो।प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका दरले ३५लाख कित्ता सेयर सोलुखुम्बुवासी स्थानीयका लागि निष्कासन गर्न लागेको हो।शेयरको बिक्री बन्द छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गते हुनेछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ।

संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक

काठमाडौं। प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा गर्ने भएको छ। बैंकका अनुसार सेयर संस्थापक तथा सर्वसाधारण सेयरधनीका लागि बिक्री गर्न लागिएको हो। बैंकले प्रतिकित्ता २१० रुपैयाँका दरले कुल दुईलाख दुईहजार १८६ कित्ता सेयर बिक्री गर्ने जनाएको छ। लगानी गर्न चाहनेहरुले २१०देखि माथिको मूल्य तय गरेर साउन २९ गतेसम्म आवेदन दिनुपर्ने बैंकले बताएको छ। बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो।

एचआईडीसीएलको हकप्रद साउन ५ देखि

काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले साउन ५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड कित्ता बराबरको सेयर निष्काशन गर्न लागेको हो। हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। जेठ २८ गतेसम्म कम्पनीको सेयरधनी रहेकाहरुले हकप्रदमा साउन २५ गतेसम्म आवेदन दिन सक्नेछन्।