काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सरकारले दिएको सार्वजनिक विदाको विरोध गरेका छन्।
थापाले सामाजिक सञ्जालमा विदाको विरोध गर्दै आइतबार हजारौं निर्दोषको ज्यान लिने माओवादी हिंसा राष्ट्रिय पर्व हुन नसक्ने भन्दै आपत्ति जनाएका छन्।
साथै उनले यही मौकामा यस्तो निर्णय लिँदासमेत राजा र हिन्दु राष्ट्रको वकालत गर्ने पार्टी कुन मुखले सरकारमा बसिरहेको छ भन्दै राप्रपामाथि प्रहारसमेत गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘२०४७ सालको संविधान र राज्यविरुद्ध माओव...