दाङ : ६ वर्षदेखि मौरीपालन व्यवसाय गरिरहेका तुलसीपुर उपमहानगरपालिका– १५ का आशिष अधिकारी पछिल्लो समय उत्पादन भएको मह बिक्री नहुँदा निराश छन्।उनीसँग अहिले ३०० घारबाट उत्पादित साढे ३ हजार किलो मह मौज्दात छ। आफूले उत्पादन गरेको महको बिक्री नहुँदा घरमै थन्क्याएर राख्नुपरेको उनले बताए। ‘भारतबाट आएको महका कारण हामीहरूले उत्पादन गरेको मह बिक्री हुँदैन’, उनले भने, ‘मसँग अहिले ३५ सय किलो मह घरमा थन्किएको छ।’ उनका अनुसार भारतबाट सस्तो मूल्यमा मह आउँदा आफूहरूले