नेपाल सुपर लिग : मार्की खेलाडी र कोच सार्वजनिक

काठमाडाैं : आगामी महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) लागि काठमाडौं रेजर्सले मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गर्दा विराटनगर सिटीले मार्की खेलाडी र धनगढी फुटबल क्लबले प्रशिक्षक घोषणा गरेका छन्। काठमाडौंमा बिहीबार भएका छुट्टाछुट्टै कार्यक्रममा विभिन्न शहरको प्रतिनिधित्व गर्ने क्लबले मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गरेका हुन्। काठमाडौं रेजर्सले राष्ट्रिय टोलीका गोलकिपर विकेश कुथुलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गर्दा नेपाललाई साफ च्याम्पियनसिपमा स्वर्ण पदक दिलाएका बाल गोपाल मह

सम्बन्धित सामग्री

आयुष घलानको काँधमा ठूलो जिम्मेवारी

२० मंसिर, काठमाडौं । पोखरा थन्डर्सको मार्की खेलाडी घोषित हुँदा आयुष घलानले भनेका थिए, ‘मैले छोटो समयमै ठूलो जिम्मेवारी पाएको छुं ।’ यस पछाडिको पृष्ठभूमि के भन्दा नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करण ०७८ मा हुँदा उनी अपरिचित खेलाडी थिए । भर्खर भर्खरका ठिटो खेलाडी थिए । त्यसको तीन वर्षपछि दोस्रो संस्करण हुँदा उनको […]

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

१२ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् ।  उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरिएको छ । पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा […]

विशाल श्रेष्ठ एफसी चितवनको मार्की खेलाडी

१० असोज, काठमाडौं । राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा मार्की खेलाडीको रूपमा आबद्ध भएका छन् । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि उनलाई क्लबले मार्की खेलाडीका रुपमा आबद्ध गराएको हो । गेम वान प्रालि अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच सहमति पत्रमा हस्ताक्षर भएको हो […]

स्पोर्टिङ इलाम डीको प्रशिक्षक मेघराज, मार्की खेलाडी तेज

इलाम : नेपाल सुपर लिग (एनएसएल)को नयाँ टिम ‘स्पोर्टिङ इलाम डी मेची’ले मार्की खेलाडी र मुख्य प्रशिक्षक तय गरेको छ। इलामले मेघराज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। मार्की खेलाडीको रुपमा राष्ट्रिय टोलीका सदस्य तेज तामाङलाई अनुबन्ध गरेको क्लबका मालिक सुहाङ नेम्बाङले जानकारी दिए।पहिलो संस्करणमा मेघराज एफसी चितवनको मुख्य प्रशिक्षक रहेका थिए। हालै सकिएको ए डिभिजन लिगमा मेघराजले सातदोबाटो युथ क्लब सम्हालेका थिए। केसीकै नेतृत्वमा नवप्रवेशी क्लब सातदोबाटोले उत्कृष्ट नतिजा निका

सुजल पोखरा थन्डर्सको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) टोली पोखरा थन्डर्सको मार्की खेलाडी घोषित भएका छन् । पोखराले सुजललाई आफ्नो मार्की खेलाडीका रुपमा बिहीबार सम्झौता गरेको छ । गत वर्ष अक्सनमा सर्वाधिक २ लाख रुपैयाँमा विक्री हुने मध्येका एक सुजलले चोटका कारण एनएसएल गुमाउनु परेको थियो । खेलाडीका रुपमा मैदानमा […]

अञ्जन झापा एफसीका मार्की खेलाडी

नेपाल सुपर लिग (एनएसएल) को टोली झापा एफसीले आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्धित गरेको छ।...

अन्जन झापा एफसीको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को नयाँ टोली झापा फुटबल क्लबले राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । आइतबार एक कार्यक्रममाझ झापा एफसीले यस सिजनका लागि अन्जनलाई अनुबन्ध गरेको हो । झापाले एनएसएलको गत सिजन मार्की खेलाडीले प्राप्त गरेको भन्दा बढी रकममा अनुबन्ध गरेको जानकारी दियो […]

विकेश र रन्जित मार्की खेलाडी

नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टोली काठमाडौं रेजर्सले राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विकेश कुथुलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको छ । काठमाडौंले विकेशसँगै राष्ट्रिय टोलीकै प्रमुख प्रशिक्षक बालगोपाल महर्जनलाई प्रशिक्षकका...

एनएसएलमा विराटनगर सिटीका मार्की खेलाडी सञ्जीत धिमाल

काठमाडौं : आगामी महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल)को लागि विराटनगर सिटी एफसीले मार्की खेलाडी सार्वजनिक गरेको छ। विराटनगर सिटीले राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मिडफिल्डर सञ्जीत धिमाललाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो। एक कार्यक्रम गरी विराटनगरले धिमाललाई सार्वजनिक गर्दा प्रशिक्षक चाहि विदेशबाट ल्याउन पहल भइरहेको जानकारी…

अन्जन ललितपुर सिटी एफसीको मार्की खेलाडी

३ चैत, काठमाडौं । अन्जन विष्टलाई नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम ललितपुर सिटी एफसीले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ। सोमबार ललितपुरले अन्जनलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो । ललितपुरका मालिक तथा भाटभटेनी सुपर मार्केटका कार्यकारी निर्देशक कल्याण गुरुङ र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुटबल […]