राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाको प्रवर्द्धनमार्फत स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा जोड दिएकी छन् । नेपाल हस्तकला महासङ्घले शुक्रबार यहाँ आयोजना गरेको १९ औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उनले आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक रहेको बताइन् ।राष्ट्रपति भण्डारीले नेपाली हस्तकला तुलनात्मक लाभको रूपमा रहनुका साथै नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रियरूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको