काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले देशभित्र उपलब्ध स्रोत साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादनमा वृद्धि गर्न आवश्यक भइसकेको बताउनुभएको छ । आज बिहीवारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको १६ औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्नसके मात्र व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताउनुभयो । उह...