काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आज शुक्रवार नेपाल हस्तकला महासङ्घले आयोजना गरेको १९ औँ हस्तकला व्यापार मेलालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशभित्र उपलब्ध स्रोत, साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीको निकासीलाई प्रवद्र्धन गर्नसके मात्र देशको व्यापार घाटालाई...