सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ क्यानेश्वर स्थित क्यान खोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ । बागमती प्रदेशको लगानीमा क्यानेश्वर–हरिवन सडक अन्तर्गत पर्ने क्यान खोलामा पक्की पुल निर्माण सुरु भएको हो । ८५ मिटर लम्बाई रहेको उक्त पक्की पुल मंगलवार(आज) एक कार्यक्रमका प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले शिलान्यास गरेसँगै पुल निर्माणको थालनी भएको छ […]