कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो ।
मित्र निर्माण सेवाले १६ करोड रुपैयाँको लागतमा पुल निर्माण गरेको छ । ४ वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर छ ।
पुल निर्माण नहँुदा स्थानीय वासिन्दाले निकै सास्ती खेप्दै आएका थिए । नदी तर्नका लागि बनाइएको झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम मोलेर स्थानीय वासिन्दाले नदी वारपार गर्दै आएका थिए । नदीमा पक्की पुल निर्माण भएपछि सहजरूपम...