कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुला टिंकरसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालू आर्थिक वर्षमा ६ वटा पक्की पुल निर्माण हुने भएको छ ।
चालू आर्थिक वर्षमा डडेल्धुरा, बैतडी र दार्चुला गरी ६ वटा ठाउँमा पुल निर्माण हुने भएको हो ।
पुल निर्माणका लागि चालू आर्थिक वर्षमा ठेक्का लगाउने तयारी गरिएको महाकाली लोकमार्ग दार्चुला टिंकर सडक योजना प्रमुख आशुतोष कर्णले बताए । उनका अनुसार डडेल्धुराको घट्टे र ठूलीगाड खोलामा २ वटा, बैतडीको नीलगाड र कसानी खोलामा २ वटा तथा दार्चुलाको कालागाड र कुकुरेगाड खोलामा २ ठाउँमा पक्की पुल निर्म...