काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले झण्डै दुई महिनादेखि जारी रुससँगको युद्धमा आफ्ना २५ सयदेखि ३ हजार सैनिक मारिएको बताएका छन। उनले युद्धका क्रममा १० हजार बढी सैनिक घाइते भएको पनि उल्लेख गर्दै घाइते मध्ये स्वस्थ भएर फर्किएकाहरुको संख्या थाहा पाउन कठिन रहेको बताएका छन्। जेलेन्स्कीले युद्धका क्रममा १९ देखि २० हजार रसियन सैनिक मारिएको दाबी गरेका छन्। तर रुसले भने आफ्नो फौजका १३ सय ५१ सैनिक मारिएको बताएको छ। यसैबीच रुसले युक्रेनलाई हतियार सहयोग गरिरहेका दे